3 years ago
August 11, 2022
एजेन्सी – स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई ६४ रनले पराजित गरेको छ । जितको लागि २ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएई ४१.५ ओभरमा १ सय ९८ रनमा अल आउट भयो ।

युएईका अनुभवी खेलाडी रोहन मुस्तफाले १ सय २ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६५ रनमा अविजित रहे । ओपनर चिराग सुरी १५, युवा विकेटकिपर वृत्य अरविन्द ४, सिपी रिजवान ३२, बासिल हमिद ३४ रनमा आउट भए ।
स्कटल्यान्डका स्पिनर मार्क वाट्टले ८.५ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । क्रिस सोलेले तीन र माईकल लिस्कले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली स्कटल्यान्ड ४८.५ ओभरमा २ सय ६२ रनमा अल आउट भयो । स्कटल्यान्डका कलुम म्याकलेओडले ८८ बलमा ७ चौकासहित सर्वाधिक ७६ रन बनाए ।
माइकल लिक्सले २५ बलमा ४ चौकासहित ३९ रन बनाए । ओपनर काइल कोट्जर २३, क्रेग वालेस ३५, कप्तान म्याथ्यु क्रस २५ र क्रिस गे्रभ्स २६ रनमा आउट भए । युएईका तीव्र गतिका बलर जहुर खानले ९.५ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए । डेब्यू खेल खेलेका सबिर अलीले दुई विकेट लिए ।

विश्वकप लिग–२ मा अमेरिका, स्कटल्यान्ड र युएईले अहिले त्रिकोणात्मक सिरिज खेलेका छन् । स्कटल्यान्ड २५ खेलमा १७ मा जित र ६ मा हारका साथ ३६ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्डले शीर्ष तीनको सम्भावना बलियो बनाएको छ । युएई २३ खेलमा १२ मा जितका साथ २६ अंक जोड्दै तेस्रो स्थानमा छ ।
ओमानले पुरै ३६ खेल खेल्दा २१ जितका साथ ४४ अंक जोड्दै शीर्ष स्थानमा छ । नेपाल भने २० खेलमा ८ मा जित र ११ मा हारका साथ छैटौं स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]