3 years ago
August 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले नयाँ मुख्य प्रशिक्षकको रुपमा भारतीय पूर्व अलराउन्डर मनोज प्रभाकरलाई पाएको छ । नयाँ प्रशिक्षक जो आएपनि भारतीय आउने लगभग पक्कापक्की थियो । चेतन शर्मा, लालचन्द राजपुत र मोन्टी देशाई चर्चामा थिए । तर क्यानले प्रभाकरलाई नियुक्त गर्यो ।

अघिल्लो महिना पुबुदु दासानायकेले राजीनामा दिँदै क्यानडा लागेपछि नेपालले नयाँ मुख्य प्रशिक्षकको रुपमा प्रभाकरलाई नियुक्त गरेको हो । उनको मासिक तलब नखुलाएपनि सम्झौता भने एक वर्षको छ । पछिल्लो समय मुख्य प्रशिक्षकमा उमेश पटवाल, डेभ ह्वाटमोर, जगत टमटा हुँदै दासानायकेले सम्हालिसकेका छन् ।
यसबीचमा टोलीले स्थिर प्रशिक्षक पाउन सकेको छैन । नेपालले हाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्दै आएको छ । बाँकी १६ खेलले नेपाली क्रिकेटको आगमी भविष्य कोर्ने छ । ओडिआई मान्यतालाई निरन्तरता दिन नेपालले हालसम्मकै उच्च प्रदर्शन गर्नुपर्ने हुन्छ । किनभने नेपालले ओडिआई मान्यतालाई निरन्तरता दिन कम्तिमा बाँकी १० खेल जित्नुपर्ने समीकरण देखिन्छ ।
प्रभाकरको पहिलो चुनौती नै ओडिआई मान्यता जोगाउनु हुनेछ । तर प्रभाकरवाट नेपाली क्रिकेट ओडिआई मान्यता मात्र चाहदैन । उनले परिवर्तन र सुधार गर्नुपर्ने नेपाली क्रिकेटमा धेरै पक्षहरु छन् । अहिलेको ब्याटिङले त्यो धेरै कठिन देखिन्छ । पछिल्लो समय नेपाल ओडिआईमा दुई सय रन पनि पूरा गर्न सकेको छैन । त्यसैले प्रभाकरलाई ब्याटिङमा सुधार विना सुख छैन । नवनियुक्त प्रशिक्षक प्रभाकरवाट नेपालले चाहेको ६ पक्ष यस प्रकार छन् ।
६. स्थायी प्रशिक्षक
पछिल्लो समय नेपाली क्रिकेटले मुख्य प्रशिक्षक स्थायी रुपमा पाएको छैन । डेभ ह्वाटमोर, उमेश पटवाल र पुबुदु छ सात महिना मै राजीनामा दिएर फर्किएका छन् । यस अघिका प्रशिक्षकले तलबमा कर, आन्तरिक किचलो र नतिजा आउन नसकेपछि राजीनामा दिएका हुन् । यसले अस्थिरता बढाएको छ ।

लगातार परिवर्तन प्रशिक्षकले खेलाडी अलमलमा पर्ने गर्दछन् । छोटो समयमै लगातार फेरिदा खेलाडी कसले सिकाएको शैलीमा खेल्दा सहि हुन्छ दोदारमा पर्दा प्रदर्शन राम्रो नहुन सक्छ । नेपाल पहिला प्रभाकरबाट लामो समय प्रशिक्षण चाहन्छ । टिम निर्माणको लागि पनि एकै प्रशिक्षक हुनुपर्छ । प्रशिक्षक अनुसार रणनीति पनि फरक हुन्छ । फरक रणनीतिको लागि त्यसै अनुसारको खेलाडी चाहिन्छ । त्यसैले प्रभाकरबाट नेपाली क्रिकेट दीर्घकालिन प्रशिक्षण चाहन्छ ।
५. सहि निर्णय लिनुपर्ने
मुख्य प्रशिक्षक प्रभाकरबाट विशेषगरि नेपाली समर्थक आफ्नो निर्णय आफैं लिनसक्नु पर्ने चाहन्छन् । उनले कसैको स्वार्थको पछाडि नलागेर नेपाली क्रिकेट विकासको लागि आफैं निर्णय लिनसक्ने हुनुपर्छ । पुबुद आफ्नो भन्दा क्यानको प्रभावमा रहेर चलेको आरोप लागेको थियो । पटवाल सिमित खेलाडीको पक्षमा लागेर टोलीमा एकता भाडेको आलोचना खेपेका थिए ।
त्यसले नतिजा आउन सकेन । प्रशिक्षकले क्यान र खेलाडी दुवैको कुरा सुन्नुपर्छ । तर निर्णय सधैं सहि लिनुपर्छ । कसैलाई पनि काखा र पाखा गर्नु हुँदैन । कसैले गर्न खोजेपनि सधैं निरुसाहित गर्नुपर्छ ।

४. मिलनसार र समान व्यवहार
प्रशिक्षकलाई नेपाली क्रिकेटको इतिहासबारे जानकारी हुनुपर्छ । प्रभाकरले सन् २०१६ देखि नेपाली क्रिकेट पछ्याउँदै आएको बताएका छन् । उनीबाट मिलनसार, शान्त स्वभाव र समान व्यवहारको आशा राखेको छ । खेलाडीले प्रर्दशन बिगारेमा रिसाएर होईन हौसलाका साथ सम्झाउन सक्ने हुनुपर्छ । जसले खेलाडीमा थप अझ उर्जा, उत्प्रेरणा मिल्छ र राम्रो प्रर्दशन गर्न सक्छ ।
विगतमा प्रभाकर रुखो र हक्की स्वभावको रहेको बताइन्छ । अर्को तर्फ प्रशिक्षकबाट नेपाल खेलाडी र संघबीच समान व्यवहार चाहन्छ । संघ र खेलाडी मध्य एकसँग सम्बन्ध बिग्रिदा टोली माथि पुग्नमा असर पर्छ ।
प्रशिक्षकले दुवैलाई समान व्यवहार गर्नुपर्छ । कुनैपनि खेलाडीलाई काखा र पाखा गर्नु हुँदैन । उमेश पटवाल र दासानायकेलाई खेलाडीमै भेदभाव गरेको आरोप लाग्ने गर्दथ्यो ।
३. टिमलाई एक बनाउन सक्ने
प्रभाकरको मुख्य चुनौतीनै टोलीको गुट अन्त्य गर्नुपर्ने हुन्छ । नेपाली क्रिकेट गुटले नराम्रोसँग बिग्रिएको छ । प्रमुख खेलाडी नै दुई धारमा छन् । एक धार बनाउन नसके नतिजा आउन सक्दैन । प्रभाकरले टिमलाई एक बनाउन सक्ने मात्र सफल हुनेछन् । यदि कोहि कसैले गुट बनाउन खोज्छ भने उसलाई टोलीबाट बाहिर राख्न डराउनु हुँदैन । एकता विना नेपालले नतिजा हात पार्न सक्दैन । प्रभाकरले गुट अन्त्य गर्न जुनसुकै कदमपनि लिनुपर्ने हुन्छ ।

२. युवा खेलाडीलाई भारतमा प्रशिक्षणको व्यवस्था
भारत विश्वको एक शक्तिशाली देश हो । भारतमा प्रशिक्षण गर्नु र खेल्न पाउनु नेपाली खेलाडीको लागि भाग्यको कुरा हो । नेपाली खेलाडीमा क्षमताको कुनै कमी छैन । उनीहरुलाई विदेशमा प्रशिक्षणको आवश्यक छ । प्रभाकरले यसअघि दिल्ली र राजस्थामा घरेलु क्रिकेट हेरेका छन् ।
उनले आफ्नो पहलमा युवा खेलाडीलाई प्रशिक्षण व्यवस्था मिलाउन प्रयास गर्नुपर्छ । भारतको रणजी खेल्ने टोलीमा उनले प्रशिक्षण र खेल्ने अवसर मिलाईदिएमा खेलाडीमा धेरै परिवर्तन आउने छ । भारतमा थुप्रै स्तरीय क्रिकेट हुन्छन् । त्यहाँ कुरा गरेर प्रभाकरले नेपाली खेलाडीलाई अवसर दिन सके नेपाली क्रिकेट झनै माथि पुग्नेछ ।
१. ब्याटिङमा कान्तिकारी परिवर्तन
प्रभाकरमा ३९ टेस्ट, १ सय ३० ओडिआई, १ सय ५४ प्रथम श्रेणी र २ सय १४ लिष्ट ए खेल खेलेका छन् । उनी सन् १९९० को दशकमा भारतका स्टार अलराउन्डर थिए । उनीमा ब्याटिङमा राम्रो अनुभव छ । त्यो अनुभव नेपाली क्रिकेटमा बाड्दै कान्तिकारी परिवर्तन ल्यानुपर्छ ।
प्रभाकरबाट नेपालले चाहेको नै ब्याटिङमा सुधार हो । ब्याटिङ सुधारको लागि उनले कुनैपनि कसर छाड्नु हुन्न । खेलाडीको समस्यालाई चाँडै नै बुझ्दै सुधारमा ध्यान दिनुपर्छ । ब्याटिङ समस्या सुधार हुने हो भने अन्तर्राष्ट्रिय स्तरमा नेपालले चाडैनै फड्को मार्ने देखिन्छ । ब्याटिङमा सुधार गर्न सक्नुनै उनको सफलता हुनेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]