3 years ago
August 12, 2022
एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा युएईमाथि एक विकेटको रोमान्चक जित हात पारेको छ ।

जितको लागि २ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४९.१ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकालाई जितको लागि अन्तिम ओभरमा दुई रन चाहिँएको थियो । वासिल हमिदलाई गजानन्द सिंहले पहिलो बलमै चौका प्रहार गर्दै दुई महत्वपूर्ण अंक पक्का गराए ।
अमेरिकाका कप्तान मोनांक पटेलले ९८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ८५ रन बनाए । आरोन जोन्सले ६७ बलमा ४ चौकासहित ५१ रन बनाए । ओपनर स्टिभन टेलर २९, सुशान्त मोदानी १२, ईयान होल्यान्ड ३० र गजानन्द सिंह २६ रन बनाए । युएईका तीव्र गतिका बलर जुनैद सिद्दिक र स्पिनर रोहन मुस्तफाले दुई दुई विकेट लिए ।
त्यसअघि एबरडीनमा टस जितेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५३ रन बनाएको थियो । युएईका यू१९ कप्तान समेत रहेका अर्यान लाक्राले डेब्यू खेलमै १ सय १२ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ८४ रन बनाए । तर रन आउट हुँदा डेब्यू शतकको अवसर गुमाएका थिए ।

विकेटकिपर वृत्य अरविन्दले ८५ बलमा ३ चौका र १ छक्कासहित ५३ रन बनाए । सिपी रिजवान २८ बलमा ३ चौका र १ छक्कासहित ३९, हमिद २५ र जवार फरिद १६ रनमा आउट भए । अमेरिकाका सौरभ नेत्रवालकरले सर्वाधिक तीन विकेट लिए ।
युएई २४ खेलमा १२ खेलमा जित र १० मा हारका साथ तेस्रो स्थानमा छ । अमेरिका २५ खेलमा समान १२ मा जित र १२ मा हारका साथ २५ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल भने २० खेलमा ८ मा जित र ११ मा हारका साथ छैटौं स्थानमा छ । ओमान ३६ खेलमा ४४ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्ड २५ खेलमा १७ जितका साथ ३६ अंक जोड्दै दोस्रो स्थानमा छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]