3 years ago
August 13, 2022
एजेन्सी – मध्यक्रमका ब्याटर ग्लेन फिलिप्सको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले दोस्रो टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजमाथि ९० रनको फराकिलो जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा न्युजिल्यान्डले एक खेल अगावै जितेको छ ।

जितको लागि २ सय १६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २५ रन बनायो । वेस्टइन्डिजका तल्लोक्रमका बलर ओबेद म्याककोयले १५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २३ रनमा अविजित रहे ।
ओपनर काइल मेयर्स ४, शिम्रन हेटमायर १४, जेसन होल्डर ११, रोभम्यान पावेल २१, रोमारियो शेफर्ड १८, ओडेन स्मिथ ९, कप्तान निकोलस पुरन र विकेटकिपर डेभन थोमस एक एक रनमा आउट भए । हेडन वाल्श जुनियर १० रनमा अविजित रहे ।
न्युजिल्यान्डका स्पिनर मिचेल सान्टनारले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । माइकल ब्रेसवेलले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए । टिम साउथी र इश सोधीले एक एक विकेट लिए ।
त्यसअघि सविना पार्क जामिकामा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १५ रन बनाएको थियो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले ४१ बलमा ४ चौका र ६ छक्कासहित सर्वाधिक ७६ रन बनाए । डर्याल मिचेल २० बलमा २ चौका र ४ छक्कासहित ४८ रनमा आउट भए ।

ओपनर डेभन कन्वे ३४ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४२ रन बनाए । ओपन मार्टिन गुप्टिल २० र केन विलियम्सन ४ रनमा आउट भए । वेस्टइन्डिजका ओबेद म्याकोयले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । रोमारियो शेफर्ड र ओडेन स्मिथले एक एक विकेट लिए ।
पहिलो खेलमा न्युजिल्यान्ड १३ रनले विजयी भएको थियो । तेस्रो खेल आइतबार हुनेछ । त्यसपछि तीन ओािडआई खेलको सिरिज हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]