3 years ago
August 14, 2022
एजेन्सी – मध्यक्रमका ब्याटर कलुम म्याकलेओडको शतकमा स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिकामाथि ५ विकेटको सानदार जित हात पारेको छ । स्कटल्यान्डको शीर्ष तीन सम्भावना बलियो बनेको छ ।

जितको लागि २ सय ९६ रनको विशाल विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले ४७.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्यान्डको जितमा कलुम म्याकलेओडले ९१ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय १७ रनको शतकीय इनिङ खेले । उनको यो ओडिआई करिअरको नवौं शतक हो । स्कटल्यान्डबाट ओडिआईमा सर्वाधिक शतक हान्ने खेलाडी पनि हुन् ।
ओपनर क्रेग वालिसे र काइल कोट्जरले १३.५ ओभरमा ७२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । कोट्जर २८ र वालिसे ४५ रनमा आउट भए । वालिसेले ४५ बलमा ६ चौका प्रहार गरे । माइकल जोन्स १८ र म्याथ्यु क्रस ४० रनमा आउट भए । माइकल लिस्क र क्रिस ग्रिभ्स १९–१९ रनमा अविजित रहे । अमेरिकाका नाशुतोष केन्जिगेले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि मनोफिल्ड पार्कमा टस हारेर पहिलाको ब्याटिङको निम्तो पाऐको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९५ रन बनायो । अमेरिकाका आरोन जोन्सले ८७ बलमा ९ चौका र ६ छक्कासहित १ सय २३ रनको अविजित इनिङ खेल्दै विशाल योगफल बनाएपनि जित पर्याप्त गर्न सकेन । जोन्सको यो पहिलो ओडिआई शतक हो ।
अमेरिकालाई ओपनर स्टिभन टेलर र सुशान्त मोदानीले पहिलो विकेटका लागि १५.५ ओभरमा ८० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । मोदानीले ७१ बलमा ७ चौकासहित ५२ रनमा आउट भए । टेलर ३७ र कप्तान मोनांक पटेल १९ रनमा आउट भए । स्कटल्यान्डका गेभिन मेन र मार्क वाट्ले दुई दुई विकेट लिए ।
स्कटल्यान्ड २६ खेलमा १८ मा जितका साथ ३८ अंक जोड्दै दोस्रो स्थानमा छ । ओमान ३६ खेलमा २१ खेलमा जितका साथ ४४ अंक सहित शीर्ष स्थानमा छ । अमेरिका २६ खेलमा १२ मा जितका साथ २५ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल २० खेलमा ८ जितका साथ १७ अंक जोड्दै छैटौं स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]