3 years ago
August 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दुई सातापछि यूएईमा एसिया कप टि२० प्रतियोगिता हुँदैछ । टि२० विश्वकपको लागि एसियन क्रिकेट कान्सिलले तयारी स्वरुप अगष्ट अन्तिममा एसिया कप गर्न लागेको हो । प्रतियोगिता श्रीलंकामा हुनुपर्ने भएपनि पछिल्लो समय त्यहाँको आर्थिक संकटले यूएई सरेको हो ।

एसिया कपमा समूह ए मा भारत, पाकिस्तान र छनोटबाट आउने एक टोली हुनेछन् । समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । शीर्ष दुई दुई टोलीले सुपर फोर लिग खेल्नेछन् । एसिया कप छनोटमा सिंगापुर, कुवेत, युएई र हङकङबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष स्थानमा रहने टोलीले एसिया कप खेल्न पाउनेछ ।
नेपालले भने भारत र पाकिस्तानसँग खेल्ने स्वर्णिम अवसर दुई वर्ष अघि पहिलो चरणमा बिर्सनलायक प्रदर्शन गर्दै गुमाएको थियो । नेपालले २०२० को फेब्रुअरीमा थाईल्यान्डमा सम्पन्न एसिसी इस्टर्न रिजन टि२० प्रतियोगितामा खराब प्रदर्शन गरेको थियो । उक्त प्रतियोगितामा नेपाल, हङकङ, सिंगापुर, थाईल्यान्ड र मलेसिया थिए । तर नेपाल ४ खेलमा १ मा जित, २ मा हार र एक खेल नतिजा विहीन हुँदा चौथो स्थानमा रहेर बाहिरिएको थियो ।

शीर्ष दुई टोली सिंगापुर र हङकङ भने एसिया कप छनोटमा स्थान बनाएका थिए । उक्त समय नेपालले मलेसिया र हङकङसँग हारका साथ विश्व क्रिकेटका दुई ठूला देशसँग खेल्ने अवसर पहिलो चरणमै गुमाएको थियो ।
नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो । जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाल १९.५ ओभरमा १ सय ३२ रनमा अल आउट भएको थियो । नेपाल दोस्रो खेलमा हङकङसँग पराजित भएपछि एसिया कप छनोटको सम्भावना सकिएको थियो । उक्त खेलमा हङकङले प्रस्तुत गरेको १ सय ५५ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाल १ सय ११ रनमा अल आउट भएको थियो ।
नेपालले थाईल्यान्डलाई ९ विकेटले हराएको थियो । उक्त खेलमा ६७ रनको लक्ष्य नेपालले ५.३ ओभरमा पूरा गरेको थियो । अन्तिम खेल वर्षाको कारण सिंगापुरसँग रद्द हुन पुगेको थियो । त्यसैले नेपालले एसिया कपको सम्भावना गुमाएको थियो ।
कसले खेल्ला भारत र पाकिस्तानसँग ?

एसिया कप छनोटमा वेस्टर्न रिजनबाट युएई र कुवेत आएका छन् । युएई च्याम्पियन र कुवेत उपविजेता हुँदै छनोट भएका थिए । कुवेत ३ खेलमा २ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा थियो ।
ओमान भने समूह चरणमा कतारसँग ३४ रनले पराजित हुँदै सेमिफाइनल खेल्नबाट चुकेको थियो । समान चार अंक भएपनि नेटरनरेटका कारण बहराइन र कतार समूह ए बाट सेमिफाइनलमा पुगेका थिए ।
एसिया कप छनोट आगमी अगष्ट २० देखि ओमानमा सुरु हुनेछ । एसिया कप छनोटमा युएई, हङकङ, कुवेत र सिंगापुरबीच अगष्ट २० देखि २४ सम्म ओमानमा हुनेछ । शीर्ष स्थानमा रहने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
युएई सवैभन्दा सर्वाधिक सम्भावना वोकेको टोली हो ।

युएई उच्च लयमा हुँदै टि२० विश्वकप २०२२ को लागि छनोट भएको छ । गत फेब्रुअरीमा ओमानमा सम्पन्न आइसिसी टि२० विश्वकप छनोट ए मा नेपाललाई ६८ रनले हराउँदै विश्वकपमा पुगेको थियो ।
त्यस प्रतियोगितामा युएईले समूह चरण र फाइनल दुवैमा आयरल्यान्डलाई हराएको थियो । चार देश सम्मिलित सिरिजमा गरि युएईले आयरल्यान्डमाथि लगातार तीन जित हासिल गरेको थियो । युएईले पछिल्लो समय लगातार उच्च प्रदर्शन गर्दै आएको छ । दोस्रो सम्भावना भएको देश हङकङ देखिन्छ ।
हङकङ र युएईबीच खेलको नतिजाले एसिया कपमा कसले खेल्ने बढी निर्भर हुने देखिन्छ । युएईलाई ओमानको मैदान र वातावरण बारेमा राम्रो ज्ञान छ । टि२० विश्व वरियतामा युएई १२ औं, सिंगापुर २३ औं, हङकङ २६ औं र कुवेत ३० औं स्थानमा छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]