3 years ago
August 14, 2022
एजेन्सी – भारतीय टेस्ट क्रिकेट टोलीका प्रमुख ब्याटर चेतेश्वर पुजराले आफ्नो लिष्ट ए ले करिअरको उत्कृष्ट प्रदर्शन गरेका छन् । पुजाराले इंग्ल्यान्डको राष्ट्रिय एकदिवसिय प्रतियोगिता रोयल लन्डन कप वान डे कपमा सक्सेसबाट सर्रेविरुद्ध पुजाराले लिष्ट ए करिअरको उच्च प्रदर्शन गरेका हुन् ।

काउन्ट्री ग्राउन्ड होभमा टस हारेर पहिला ब्याटिङ थालेको सक्सेसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ७८ रन बनायो । कप्तान चेतेश्वर पुजाराले १ सय ३१ बलमा २० चौका र ५ छक्कासहित १ सय ७४ रनको उत्कृष्ट शतकीय इनिङ खेले ।
पुजाराको यो लिष्ट ए करिअरको १३ औं र उत्कृष्ट शतक हो । लिष्ट ए मा उनको यसअघि उच्च प्रदर्शन १ सय ५८ रन अविजित थियो ।
पुजाराको यो लगातार दोस्रो शतक हो । यसअघि वारविक्शायरविरुद्ध १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए । टम क्लार्क १ सय ६ बलमा १३ चौकासहित १ सय ४ रनमा आउट भए । सुरुवात ३.२ ओभरमा ९–२ को कमजोर अवस्थामा पुगेको थियो ।
तेस्रो विकेटका लागि टम क्लार्क र पुजाराले २ सय ५ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेका थिए । पछिल्लो समय भारतका केहि खेलाडीले इंग्ल्यान्डको घरेलु क्रिकेट प्रतियोगिता खेल्दै आएका छन् । तीव्र गतिका बलर उमेश यादवले मिडलसेक्सबाट उच्च प्रदर्शन गर्दै आएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]