3 years ago
August 15, 2022
एजेन्सी – घरेलु टोली वेस्टइन्डिजले तेस्रो तथा अन्तिम टि२० आई खेलमा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गरेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा वेस्टइन्डिज क्लिनस्विप हुनबाट बचेको छ ।

जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजका ओपनर ब्रेन्डन किंगले ३५ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनको इनिङ खेले । अर्का ओपनर शम्राह ब्रुक्सले ५९ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५६ रन बनाए ।
पहिलो विकेटका लागि ओेपनर ब्रेन्डन किंग र ब्रुक्सले १३.१ ओभरमा १ सय २ रनको शतकीय साझेदारी गरेका थिए । कप्तान रोभम्यान पावेल १५ बलमा २ चौका र २ छक्कासहित २७ रनमा अविजित रहे । न्युजिल्यान्डका टिम साउथी र ईश सोधीले एक एक विकेट लिए ।
त्यसअघि सविना पार्क जामिकामा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले २६ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४१ रन बनाए । ओपनर मार्टिन गुप्टिल १५, डेभन कन्वे २१, मिचेल सान्टनर १३, केन विलियम्सन २४, डर्याल मिचेल १४ र जेम्श निसम ६ रनमा आउट भए ।
वेस्टइन्डिजका ओेडेन स्मिथले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । अकिल हुसैनले दुई, डोमिनिक ड्रेक्स र हेडन वाल्श जुनियरले एक एक विकेट लिए । पहिलोे र दोस्रो खेलमा न्युजिल्यान्ड १३ रन र ९० रनले विजयी भएको थियो । अव तीन ओडिआई खेलको सिरिज हुनेछ । पहिलो खेल बुधबार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]