default_image

2 years ago

August 16, 2022

विश्वकप छनोटमा यस्तो छ नेपालको अवस्था

एजेन्सी – नेपालले वर्तमान समयमा २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकप छनोटको रुपमा रहेको दोस्रो श्रेणीको विश्वकप लिग–२ अन्तर्गत विभिन्न त्रिकोणात्मक सिरिज खेल्दै आएको छ । पहिलो श्रेणीमा १२ टेस्ट टोली र नेदरल्यान्ड्सले आइसिसी सुपर लिगमा प्रतिस्पर्धा गर्दै आएका छन् । नेपाल सम्मिलित लिग-२ पश्चात आइसिसी विश्वकप लिग च्यालेन्ज ए र बी गरि तेस्रो श्रेणीको […]

235 views

0 Bookmark

एजेन्सी – नेपालले वर्तमान समयमा २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकप छनोटको रुपमा रहेको दोस्रो श्रेणीको विश्वकप लिग–२ अन्तर्गत विभिन्न त्रिकोणात्मक सिरिज खेल्दै आएको छ । पहिलो श्रेणीमा १२ टेस्ट टोली र नेदरल्यान्ड्सले आइसिसी सुपर लिगमा प्रतिस्पर्धा गर्दै आएका छन् । नेपाल सम्मिलित लिग-२ पश्चात आइसिसी विश्वकप लिग च्यालेन्ज ए र बी गरि तेस्रो श्रेणीको प्रतिस्पर्धा पनि चलिरहेको छ ।

विश्वकप लिग २ मा ७ देश सम्मिलित छन् र प्रतियोगितामा एक टोलीले ९ त्रिकोणात्मक सिरिजमार्फत कुल ३६ ओडिआई खेल्नुपर्ने हुन्छ । यसबाट शीर्ष तीन टोलीले आगमी वर्ष हुने एकदिवसिय ग्लोबल विश्वकप छनोट खेल्न पाउछन् । बाँँकी पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । सुपर लिगमा भारतबाहेक अन्य शीर्ष ७ टोली सोझै विश्वकप खेल्ने छन् । बाँकी पाँच टोलीले ग्लोबल छनोट खेल्नुपर्ने हुन्छ ।

च्यालेन्ज ए र बी का शीर्ष एक एक टोलीले प्लेअफमा विश्वकप लिग २ का पुछारका चार टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्ष दुई टोलीले ग्लोबल छनोट खेल्न पाउने छन् । ग्लोबल छनोटमा सुपर लिगका पुछारका पाँच टोली, विश्वकप लिग–२ का शीर्ष तीन टोली र प्लेअफबाट आउने दुई गरि कुल १० देशबीच प्रतिस्पर्धा हुनेछ । फाइनल पुग्ने दुई टोलीले भारतमा हुने एकदिवसिय विश्वकप खेल्न पाउनेछन् ।

लिग-२ मा नेपाल हालसम्म २० खेल खेल्दा ८ मा जित र ११ मा हारका साथ १७ अंक जोड्दै छैटौं स्थानमा छ । अब १६ खेल बाँकी रहेको अवस्थामा नेपाल शीर्ष तीनमा पर्न कम्तिमा १२ माथि खेल जित्नुपर्ने हुन्छ । आइसिसीले २०२३ पछि कुन टोलीलाई कसरी ओडिआई मान्यता दिने औपचारिक रुपमा जनाएको छैन । यसको निर्णय नोभेम्बरमा थाहा हुनेछ । पछिल्लो चर्चा अनुसार विश्वकप लिग–२ का शीर्ष पाँच टोलीले सोझै ग्लोबल छनोटमा स्थान पाउने सम्भावना छ । त्यसको लागि नेपालले १० खेल जित्नुपर्ने समीकरण आउन सक्छ ।

नेपालले कुन देशसँग कति खेल खेल्यो ?

२०१९ देखि सुरु भएको विश्वकप लिग–२ मा नेपालले कुल ३६ खेल खेल्नेछ । पहिलो सिरिजमा नेपाल, अमेरिका र ओमानले प्रतिस्पर्धा गरेका थिए । नेपालले घरेलु मैदान, ओमान र अमेरिकामा गएर खेल्दै कुल १२ खेल सकाएको छ । अर्थात नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सकिएको छ ।

दोस्रो चरणमा युएई, पपुवा न्युगिनी र नेपालबीच प्रतिस्पर्धा गर्नेछ । नेपालले यस सिरिजमा युएईमा समान दुई खेल खेलेको छ । तेस्रो चरणमा नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । नेपालले स्कटल्यान्डमा गएर खेलिसकेको छ । नेपालले समग्रमा १६ खेल खेल्न बाँकी छ । आठ खेल घरेलु मैदान र आठ खेल विदेशी भूमिमा खेल्नेछ । समग्रमा सबै टोलीसँग ६–६ खेल खेल्नुपर्ने हुन्छ ।

नेपालले ओमान र अमेरिकासँग समान ६ खेल खेलिसकेको छ । ओमानविरुद्ध ४ खेलमा हार र दुई खेलमा जित निकालेको छ । अमेरिकाविरुद्ध तीन जित हुँदा दुई खेलमा हार र एक खेलमा टाई छ । त्यस्तै युएईविरुद्ध नेपाल दुवै खेल हार्दा पपुवा न्युगिनीलाई दुवै खेलमा पराजित गरेको थियो । नामिबियासँग दुवै खेलमा हार्दा स्कटल्यान्डविरुद्ध भने एक हार र एक जितको नतिजा छ ।

कुन देशसँग कति खेल खेल्न बाँकी ?

नेपालले अब पपुवा न्युगिनी भ्रमण गर्नेछ । त्यसपछि पपुवा न्युगिनी र युएई नेपाल आउनेछन् । नेपालले पपुवा न्युगिनी र युएईसँग समान चार चार खेल खेल्न बाँकी छन् । २-२ खेल घरेलु मैदान र बाँकी २-२ खेल पपुवा न्युगिनीमा खेल्नुपर्ने हुन्छ ।

त्यसपछि नेपाल नामिबिया जानेछ । त्यहाँ नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ । त्यसपछि स्कटल्यान्ड र नामिबिया नेपाल आउनेछन् । नामिबिया र स्कटल्यान्डसँग पनि नेपालले समान ४-४ खेल खेल्न बाँकी छ । २-२ खेल घरेलु मैदान र बाँकी २-२ खेल नामिबियामा गएर खेल्नेछ । नेपालले अब युएई, पपुवा न्युगिनी, नामिबिया र स्कटल्यान्डसँग समान ४ खेल खल्न बाँकी छ ।

कहिले होला सिरिज ?

हालसम्म आइसिसी र क्यानले कुन सिरिज कहिले हुने आधिकारीक रुपमा जनाएका छैनन् । नेपालले सेप्टेम्बरमा पपुवा न्युगिनी भ्रमण गर्ने सम्भावना छ । पपुवा न्युगिनीले आफ्नो घरेलु सिरिज बाहिर गराउन खोजेको चर्चा पनि छ । नेपालले नोभेम्बरमा नामिबिया भ्रमण गर्ने सम्भावना छ । युएई र पपुवा न्युगिनी डिसेम्बरमा नेपाल आउने छन् । २०२३ को सुरुवातमा स्कटल्यान्ड र नामिबिया नेपाल आउने कार्यक्रम छ ।

अंक तालिका :

विश्वकप लिग–२ मा कुल १ सय २६ खेल हुनेछन् । हालसम्म १ सय सकिएका छन् । ओमान पुरै ३६ खेल खेल्दै २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्ष स्थानमा छ । स्कटल्यान्ड २७ खेलमा १९ मा जित र ६ मा हारका साथ ४० अंक जोड्दै दोस्रो स्थानमा छ ।

युएई २५ खेलमा १२ मा जित र ११ मा हारका साथ २६ अंक जोड्दै तेस्रो स्थानमा छ । अमेरिका २६ खेलमा १२ मा जित र १३ मा हारका साथ २५ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया १८ खेलमा ९ मा जित र ९ मा हारका साथ १८ अंक जोड्दै पाँचौं स्थानमा छ ।

नेपाल २० खेलमा ८ मा जित र ११ मा हारका साथ १७ अंक जोड्दै छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ । पपुवा न्युगिनी शीर्ष तीनको दौडबाट बाहिरी सकेको छ ।

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेश माथि २१ रनको जित हासिल गर्दै उपाधि कब्जा गरेको हो । लुम्बिनीले दिएको ११७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन […]

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

Success

Thank you for your time.