default_image

2 years ago

August 17, 2022

पाकिस्तानसँग नेदरल्यान्ड्सको प्रतिस्पर्धात्मक हार

98 views

0 Bookmark

एजेन्सी– नेदरल्यान्ड्सले पहिलो ओडिआई खेलमा टेस्ट टोली पाकिस्तानसँग प्रतिस्पर्धात्मक १६ रनको हार बेहोरेको छ । नेदरल्यान्ड्सले पाकिस्तानविरुद्ध खेलमा कडा प्रतिस्पर्धा गरेपनि जित भने हात पार्न सकेन ।

जितको लागि ३ सय १५ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९८ रन बनायो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले ६० बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ७१ रनमा अविजित रहे ।

ओपनर विक्रमजित सिंह ९८ बलमा ५ चौकासहित ६५ रनमा आउट भए । मध्यक्रमका ब्याटर टम कपरले ५४ बलमा ६ चौका र २ छक्कासहित ६४ रन जोडे । तीन खेलाडीले अर्धशतक हानेपछि विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ऐतिहासिक जित नजिक पुगेर झिनो अन्तरले पराजित हुन पुगेको हो ।

म्याक्स ओडाउड एक, वेस्ली ब्रेसी दुई, बास डि लिडे १६ र लोगन भान विकले २८ रन बनाए । पाकिस्तानका डेब्यू खेल खेलेका तीव्र गतिका बलर नसिम शाहले १० ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए । हरिस रौफले १० ओभरमा १ मेडनसहित ६७ रन खर्चेर ३ विकेट लिए । मोहम्मद वासिम र मोहम्मद नवाजले एक एक विकेट लिए ।

त्यसअघि रोटरडममा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १४ रन बनायो । पाकिस्तानका ओपनर फखार जमानले १ सय ९ बलमा १२ चौका र १ छक्कासहित १ सय ९ रनको शतकीय इनिङ खेले । उनको यो ओडिआई करिअरको सातौ शतक हो ।

कप्तान बाबर आजम ८५ बलमा ६ चौका र १ छक्कासहित ७४ रनमा आउट भए । दोस्रो विकेटका लागि बाबर र जमानले १ सय ६८ रनको सानदार शतकीय साझेदारी गरेका थिए । तल्लोक्रममा सादब खान २८ बलमा ४ चौका र २ छक्कासहित ४८ रनमा अविजित रहे ।

ईमाम उल हक २, मोहम्मद रिजवान १४, खुशदील शाह २१ र मोहम्मद नवाज ४ रनमा आउट भए । सलमान अली अघा १६ बलमा ३ चौकासहित २७ रनमा अविजित रहे ।

नेदरल्यान्ड्सका लोगन भान बीक र बास डी लिडेले दुई दुई विकेट लिए । आइसिसी क्रिकेट विश्वकप सुपर लिगको लागि पाकिस्तान तीन ओडिआई खेलको सिरिजको लागि नेदरल्यान्ड्स पुगेको छ । दोस्रो खेल बिहीबार र तेस्रो खेल आइतबार हुनेछ ।

सुपर लिगका भारत बाहेक शीर्ष सात टोली सोझै विश्वकप खेल्नेछन् । बाँकी पाँच पुछारका टोलीले ग्लोबल विश्वकप छनोट खेल्नुपर्ने हुन्छ । सुपर लिगमा १२ टेस्ट टोली र नेदरल्यान्ड्स रहेका छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.