default_image

2 years ago

August 18, 2022

स्कटल्यान्डमाथि अमेरिकाको रोमान्चक जित

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली स्कटल्यान्डमाथि दुई विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि २ सय ५० रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा १५ रन चाहिँएको अवस्थामा जसकरण मल्होत्राले शफ्यान शरिफलाई एक छक्का […]

69 views

0 Bookmark

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली स्कटल्यान्डमाथि दुई विकेटको रोमान्चक जित हात पारेको छ ।

जितको लागि २ सय ५० रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा १५ रन चाहिँएको अवस्थामा जसकरण मल्होत्राले शफ्यान शरिफलाई एक छक्का र दुई चौका प्रहार गर्दै जित दिलाए ।

पहिलो बलमै मल्होत्राले शरिफलाई छक्का, दोस्रो डट, तेस्रो र चौथो लगातार चौका हाने । पाँचौं बलमा एक रन जोड्दै जित पक्का गराए । अमेरिकाका आरोन जोन्सले ८७ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ६२ रन बनाए । कप्तान मोनांक पटेलले ५७ बलमा २ चौका र १ छक्कासहित ५० रन बनाए ।

मल्होत्राले २५ बलमा ४ चौका र १ छक्कासहित ३६ रनमा अविजित रहे । ओपनर स्टिभन टेलर १६, सुशान्त मोदानी २८ र गजानन्द सिंह ३३ रनमा आउट भए । स्कटल्यान्डका गेभिन मेन, हम्जा ताहिर र माइकल लिस्कले दुई दुई विकेट लिए ।


त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४९ रन बनायो । स्कटल्यान्डका कलुम म्याकलेओडले १ सय ४४ बलमा १३ चौका र २ छक्कासहित सर्वाधिक १ सय ३३ रनको अविजित इनिङ खेले ।

उनको यो ओडिआई करिअरको १० औं शतक हो । स्कटल्यान्ड एक समय ३१-४ को अवस्थामा थियो । क्रिस ग्रिभ्स १४ रनमा आउट हुँदा ७३-५ को अवस्थामा पुगेको थियो । त्यो खराब स्थीतिबाट म्याकलेओडले बलियो अवस्थामा पुर्याएका थिए । म्याकलेओडले पछिल्ला चार इनिङमा क्रमश : ७६, १ सय १७, ७७ र १ सय ३३ रन बनाएका छन् ।

माइकल लिक्स ४१ र शफ्यान शरिफ २५ रनमा आउट भए । अमेरिकाका इयान होल्यान्डले १० ओभरमा १ मेडनसहित २८ रन खर्चेर ३ विकेट लिए । सौरभ नेत्रवालकर र स्टिभन टेलरले दुई दुई विकेट लिए ।

यो पनि पढ्नुहोस् : विश्वकप छनोटमा यस्तो छ नेपालको अवस्था

अंक तालिका

विश्वकप लिग–२ मा कुल १ सय २६ खेल हुनेछन् । हालसम्म १ सय २ खेल सकिएका छन् । ओमान पुरै ३६ खेल खेल्दै २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्ष स्थानमा छ । स्कटल्यान्ड २८ खेलमा १९ मा जित र ७ मा हारका साथ ४० अंक जोड्दै दोस्रो स्थानमा छ । अमेरिका २८ खेलमा १३ मा जित र १३ मा हारका साथ २८ अंक जोड्दै तेस्रो स्थानमा छ ।

युएई २६ खेलमा १२ मा जित र ११ मा हारका साथ २७ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया १८ खेलमा ९ मा जित र ९ मा हारका साथ १८ अंक जोड्दै पाँचौं स्थानमा छ । नेपाल २० खेलमा ८ मा जित र ११ मा हारका साथ १७ अंक जोड्दै छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ । पपुवा न्युगिनी शीर्ष तीनको दौडबाट बाहिरी सकेको छ ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.