3 years ago
August 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले केन्यासँग पाँच टि२० आई र तीन एकदिवसिय खेल सम्मिलित सिरिज खेल्न केन्या प्रस्थान गर्न लागेको राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।

सोमबार क्यानले एक कार्यक्रम गर्दै बिदाइ गरेको हो । विदाई कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह र केन्द्रिय सदस्य दुर्गाराज पाठक लगायत थिए । विदाई कार्यक्रमका कप्तान सन्दीप लामिछानेले मुख्य प्रशिक्षक मनोज प्रभाकरको पहिलो भ्रमण हुँदा नेपालको नयाँ सुरुवात रहेको बताए ।
‘यो सरको (मनोज प्रभाकर) लागि पनि पहिलो भ्रमण हुँदा नयाँ सुरुवात हो । टिम फेरि एउटा उर्जाको साथ अघि बढ्न खोजेको छ’, उनले भने । त्यसैमा थपे ‘हाम्रो अपेक्षा गरे अनुसार नै नतिजा ल्याउने छौं । सबै जनाले तयारी पनि गरि राख्नु भएको छ ।’
मुख्य प्रशिक्षक मनोज प्रभाकरले राम्रो प्रदर्शन गर्ने बताए । ‘हामीले तीन चार दिन बाहिर अभ्यास गर्यौ । युवा खेलाडीले चाँडै सिक्ने हुँदा प्रदर्शन पनि गर्नेछन् । मैले आफ्नो उत्कृष्ट प्लेइङ ११ उतार्दै प्रदर्शन गर्न चाहन्छु । सन्दीप लामिछाने राम्रो कप्तान र क्षमता छ । युवा टोलीको लागि यो राम्रो संकेत हो । आशा छ केन्या भ्रमणमा राम्रो प्रदर्शन हुनेछ’, प्रभाकरले भने ।

यता क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केन्याबाट वरीयता सुधार हुने अपेक्षा रहेको बताए । ‘विश्वकप लिग २ मा पछिल्ला दुई सिरिज सम्झन लायक रहेन । केन्या हामी आगमी नोभेम्बरमा लिग २ को नामिबिया भ्रमण हुन्छ । वर्खाको समयमा नेपालमा कसरी खेल गराइ राख्ने भनेर केन्या भ्रमण गरेका हौं,’ चन्दले भने ।
‘२०२४ को टि२० विश्वकपमा सिधै छनोट हुने सम्भावना पनि छ । केन्यासँग खेलपछि एक स्तरमाथि जान सक्छौं । आफूले जुन किसिमले मिहिनेत गर्नुभएको छ । त्यसलाई निरन्तरता दिँदै नेपाललाई विजयी गराउनु होला । टि२० विश्वकपको लागि अहिले देखिनै तयारी गर्नुपर्छ । आगमी नोभेम्बर १५ सम्म शीर्ष १२ मा आएमा हामीले सिधैं विश्वकप खेल्छौं’, चन्दले भने ।
नेपालले पहिलो टि२० आई खेल नेपालले भदौ ९ मा ( अगष्ट २५) मा केन्यासँग खेल्दै सुरुवात गर्नेछ । सिरिज टि२० वरियतामा ठूलो प्रभाव पार्नेछ । सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा सहभागी पक्का भए बाहेकबाट वरियताको शीर्ष दुई टोलीले सोझै विश्वकप खेल्न पाउने अवसर छ ।

। केन्याले सन् १९९६ देखि २०११ सम्म लगातार पाँच पटक एकदिवसिय विश्वकप खेलेको थियो । उक्त विश्वकपमा केन्याले श्रीलंका, जिम्बावे, बंगलादेशलाई हराउँदै सेमिफाइनल खेल्दै विश्व क्रिकेटमा सनसनी मच्चाएको थियो ।
त्यस्तै २००७ को टि२० विश्वकप खेलेको थियो । सन् २००० देखि २००४ सम्म गरि तीन पटक च्याम्पियन्स ट्रफी खेलेको थियो । पछिल्लो एक दशकमा भने केन्याको स्तर धेरै खस्किएको छ । असल नेतृत्व र आन्तरिक राजनीतिको कारण कमजोर बन्दै गएको छ ।
नेपाल र केन्या दुवैले २०२३ मा हुने एकदिवसिय विश्वकप छनोट चरण खेलिरहेका छन् । नेपालले माथिल्लो स्तरको खेल्दा केन्याले सबैभन्दा तल्लोक्रमको छनोट खेलेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्दै आएको छ । केन्याले क्रिकेट विश्वकप च्यालेन्ज लिग बी खेलेको छ । जसमा केन्या, हङकङ, इटाली, बर्मुडा, जर्सी र युगान्डा छन् ।

च्यालेन्ज लिगको शीर्षस्थानमा रहने टोलीले विश्वकप ग्लोबल छनोटमा पुग्ने प्लेअफ खेल्नुपर्ने हुन्छ । यता नेपाल भने लिग–२ को शीर्ष तीन स्थानमा रहेमा सोझै विश्वकप ग्लोबल छनोट खेल्नेछ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाल र केन्याले अन्तिम पटक डिभिजन टु मा २०१८ मा नामिबियामा प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा नेपालले केन्यालाई तीन विकेटले हराएको थियो ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल(उपकप्तान), आसिफ शेख(विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ, साहब आलम, किशोर महतो, विवेक यादव ।
वैकल्पिक खेलाडी : जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जि.सी. हरि शंकर शाह ।
केन्या र नेपालबीचको खेल तालिका
पहिलो टि२० आई खेल – भदौ ९ (अगष्ट २५)
दोस्रो टि२० आई खेल – भदौ १० (अगष्ट २६)
तेस्रो टि२० आई खेल – भदौं १२ (अगष्ट २८)
चौथो टि२० आई खेल – भदौं १३ ( अगष्ट २९)
पाँचौं टि२० आई खेल – भदौं १४ (अगष्ट ३०)
तीन एकदिवसिय अभ्यास खेल
पहिलो खेल – भदौ १७ (सप्टेम्बर २)
दोस्रो खेल – भदौ १८ (सप्टेम्बर ३)
तेस्रो खेल – भदौ २० (सप्टेम्बर ५)
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]