3 years ago
August 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – केन्यासँग सिरिज खेल्न जाने तीव्र गतिका बलर सोमपाल कामीसहित पाँच खेलाडी र दुई अफिसलको भिसा नआउँदा नेपालमै रोकिएका छन् । नेपाली क्रिकेट टोलीका ११ सदस्य खेलाडी सोमबार नै केन्यातर्फ प्रस्थान गरेपनि पाँच खेलाडी भने भिसा नआउँदा जान नपाएका हुन् ।

सोमपाल कामी, अलराउन्डर बसिर अहमद, साहब आलम, अलराउन्डर आदिल अन्सारी र विवेक यादव भिसा नपाउँदा सोमबार जान पाएनन् । त्यस्तै ट्रेनर अब्दुल सतार र क्रिकेट म्यानेजर सुनिल महासेठ पनि भिसा नआउँदा केन्या जानबाट रोकिएका थिए । मंगलबार सम्म भिसा आएको छैन । नेपाल क्रिकेट संघ (क्यान) ले पुन: भिसा पठाएको छ ।
‘हामीले हाम्रोतर्फबाट पुन: भिसा पठाएका छौं । भिसाको जवाफ पर्खी रहेका छौं । भिसा र टिकट केन्या एजेन्डको जिम्मामा थियो । हामीले एजेन्डलाई पनि खबर पठाएका छौं । भिसा समयमा नआएपछि टिकट पुन सार्न हामीले पठाई सकेका छौं’, क्यानका म्यानेजर विनोद दासले हाम्रो खेलकुदसँग भने ।
त्यस्सैमा थपे, ‘उनीहरुले हामीलाई पुन पठाउन भनेको थियो । ७ जनाको पठाई सक्यौं । उनीहरुले मागेको आइडी नम्बर पनि पठायौं । अव उनीहरुको हातमा छ ।’

क्यानले अनलाइनमार्फत भिसा प्रक्रिया पठाएको थियो । तर कुन कारणले ७ जनालाई भिसा नदिएको क्यानलाई पनि नबताएको दास बताउँछन् । ‘किन भिसा नपाएको त्यो उनीहरुले पनि हामीलाई भनेको छैन । हामीलाई जव उनीहरुले भिसा अप्लाइ (पठाउ) भनेपछि गरेको हो । त्यसमध्य ७ जनाको आएन । हामीले बुझ्दा पुन अर्को लिंकबाट पठाउन भन्यो । हामीले आज पुन पठाएका छौं’, उनले भने ।
केन्यामा क्वारेनटाइन बस्नु प्रर्दैन । केन्या पुग्न कम्तिमा पनि १५/१६ घण्टा लाग्छ । तर आज जाने भने सम्भावना छैन । भोली जादा पहिलो खेल छुट्ने देखिन्छ । लगातार १५/१६ घण्टाको यात्रापछि सिधै खेल्ने सम्भावना निकै न्यून रहन्छ । भिसा कहिले आउँछ त्यो भने पक्का छैन ।
आज भिसा नआउँदा पाँच खेलाडीले पहिलो खेल गुमाउने निश्चित जस्तै छ । बिहीबार पहिलो टि२० आई खेलमा खेलमा नेपालका ११ खेलाडीमात्र उपलब्ध हुने देखिन्छ । सिरिजको मिति सार्ने वा केन्या पुगेका ११ खेलाडीको भरमा खेल्ने कुनै निर्णय भने भएको छैन । दास उताको जवाफमा भरपर्ने बताउँछन् ।

‘हामीले यताबाट भिसाको कोड पठाई सकेका छौं । निकाल्ने काम उनीहरुको नै हो । हामी भोली जाने सम्भावना पनि हुनसक्छ । आज राती जाने नजाने उडानमा भरपर्छ । यदि भिसा आधा एक घण्टामा आयो भने उनीहरुले उडान पुन सार्न सक्नुपर्यो । किनभने उनीहरुले नै उडानको टिकट बुकिङ गरेको हो । हामीले सार्न पनि मिल्दैन’, दासले भने ।
सिरिज सर्ने वा नसर्नेमा क्रिकेट केन्याले दिने जवाफमा भरपर्ने बताउँछन् । ‘क्रिकेट केन्याले हामीलाई के भनेर पठाउँछ त्यसमा सिरिज सर्ने वा नसर्ने भरपर्छ । त्यो जवाफबाट हामीपनि सन्तुष्ट हुनपर्यो । हामी केन्या क्रिकेटको जवाफको पखाईमा छौं’, दासले भने ।
११ जना खेलाडी पुगि सकेको अवस्थामा खेल हुन्छ कि हुँदैन भन्ने जवाफमा दासले भने, ‘त्यो उताबाट एक पटक जवाफ आएपछि मात्र थाहा हुनेछ ।’ नेपालले पहिलो टि२० आई खेल केन्यासँग बिहीबार खेल्ने कार्यक्रम छ ।
केन्या पुगी सकेका ११ खेलाडी :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, करण केसी, ज्ञानेन्द्र मल्ल, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ र किशोर महतो ।
केन्या पुग्न बाँकी पाँच खेलाडी :
आदिल अन्सारी, सोमपाल कामी, बसिर अहमद, साहब आलम र विवेक यादव ।
केन्या र नेपालबीचको खेल तालिका
पहिलो टि२० आई खेल – भदौ ९ (अगष्ट २५)
दोस्रो टि२० आई खेल – भदौ १० (अगष्ट २६)
तेस्रो टि२० आई खेल – भदौं १२ (अगष्ट २८)
चौथो टि२० आई खेल – भदौं १३ ( अगष्ट २९)
पाँचौं टि२० आई खेल – भदौं १४ (अगष्ट ३०)
तीन एकदिवसिय अभ्यास खेल
पहिलो खेल – भदौ १७ (सप्टेम्बर २)
दोस्रो खेल – भदौ १८ (सप्टेम्बर ३)
तेस्रो खेल – भदौ २० (सप्टेम्बर ५)
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]