3 years ago
August 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल सिप्यानले आगमी भदौ २४ मा विभिन्न पाँच विधामा अवार्ड प्रदान गर्ने भएको छ । २०१९ पहिलो पटक अवार्ड प्रदान गरेको सिप्यानले कोरोना भाइरसको कारण त्यसपछि पुनः गर्न सकेको थिएन ।

सिप्यानले वर्ष क्रिकेट खेलाडी पुरुष र महिला २०२२ प्रदान गर्नेछ । दुबै अवार्डको पुरस्कार राशी १ लाख ३२ हजार कर सहित हुनेछ । सिप्यानका महासचिव तथा पूर्व कप्तान पारस खड्काले यसअघि महिला पुरस्कार रकममा कम भएको भन्दै आलोचना भएपनि यो पटक भने समान राखेको जनाए ।
त्यस्तै वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट क्षण २०२२ पनि प्रदान गर्नेछ । दुबै अवार्डको पुरस्कार राशी समान ६६ हजार कर सहित हुनेछ । विशेष अवार्ड २०२२ प्रदान गर्नेछ । विशेष अवार्डको विजेताले १ लाख ३२ हजार कर सहित प्राप्त गर्नेछन् ।
एनसिसीएस सिप्यान क्रिकेट अवार्डमा पछिल्लो दुई वर्षको खेलाडीको प्रदर्शन, गतिविधी, विशेष क्षणलाई हेरिनेछ । सिप्यानले नेपाल क्रिकेट संघ (क्यान) संग पनि आवश्यक सहकार्य गर्दै मान्यता पाउन पहल गर्ने जनाएको छ ।
‘हामी यसलाई खेलाडीको एउटा पर्वको रुपमा लैजाने सोच बनाएका छौं । यसअघि पनि हामीले विभिन्न खेलाडीलाई आर्थिक सहयोग गर्दै आएका छौं । कोरोना महामारीको कारण निरन्तरता दिन सकिएन’, सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले भने ।
अवार्डको लागि योग्य खेलाडी छनोट गर्न प्राविधिक समिति गठन गर्ने र तोकिएको मापदण्डको आधारमा सो समितिले सिफारिस गरेको खेलाडीलाई पुरस्कार प्रदान गर्ने सिप्यानले जनाएको छ । वर्ष उत्कृष्ट क्षण भने समर्थकबाट भोटिङको आधारमा निर्धारण गरिनेछ ।
विशेष अवार्ड नेपाली क्रिकेटमा विशेष योगदान पुर्याउने एक खेलाडीलाई प्रदान गरिनेछ । अवार्डको मुख्य प्रायोजकमा शिक्षा क्षेत्रमा समर्पित संस्था एनसिसिएस रहनेछ । मिडिया पार्टनरको रुपमा हिमालय टेलिभिजन रहनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]