default_image

3 years ago

August 28, 2022

नेपालको केन्यामाथि कीर्तिमानी जित

255 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सानदार ब्याटिङ गर्दै नेपालले तेस्रो टि२० आई खेलमा केन्यामाथि ४ विकेटको कीर्तिमानी जित हात पारेको छ । यो जितसँगै पाँच टि२० आई खेलको सिरिजमा नेपालले २-१ को अग्रता लिएको छ ।

जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । यो नेपालले टि२० आईमा पूरा गरेको सर्वाधिक ठूलो योगफल हो । यसअघि नेपालले टि२० आईमा पूरा गरेको सर्वाधिक ठूलो योगफल २०१९ मा सिंगापुरविरुद्ध १ सय ५२ रन थियो । उक्त खेलमा पारसले नेपालको लागि पहिलो टि२० आई शतक समेत हानेका थिए ।

नेपालको जितमा ज्ञानेन्द्र मल्ल ४१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४६ रनमा आउट भए । रोहित पौडेल १८ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा आउट भए ।

नेपाललाई डेब्यू खेल खेलेका युवा विकेटकिपर अर्जुन साउद ३१ बलमा २ चौका र ३ छक्कासहित ३५ रन जोड्दै राम्रो सुरुवात दिलाए । अर्जुन स्पिनर विरज पटेलको ११ औं ओभरको पहिलो बलमा ठूलो सट खेल्ने धुनमा अघि बढेपनि मिस हुँदै बोल्ड भएका थिए । अन्तिम बलमा दीपेन्दसिंह ऐरी ६ रनमा क्याच आउट भए ।

पहिलो विकेटका लागि अर्जुन र पवन सरार्फले ३.२ ओभरमा ३५ रनको साझेदारी गरे । पवन १२ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र अर्जुनले ४२ रनको साझेदारी गरेका थिए ।

पाँचौं विकेटका लागि ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले ५४ रनको साझेदारी गर्दै जित सहज बनाए । आदिल अन्सारी ७ बलमा २ चौका र १ छक्कासहित १६ रनमा आउट भए । आरिफ शेखले चौका प्रहार गर्दै खेल सकाए । केन्याका विरज पटेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । युजीन ओचिङले पनि दुई विकेट लिए ।

त्यसअघि जिमखाना क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो ।

केन्याका रकिप पटेल ४३ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७३ रनमा अविजित रहे । विकेटकिपर इफरान करिम ४७ बलमा ४ चौका र २ छक्कासहित ५५ रनमा अविजित रहे । तेस्रो विकेटका लागि रकिप र करिमले १ सय २७ रनको सानदार अविजित शतकीय साझेदारी गरेका थिए ।

रकिप पटेलले १८ औं ओभरको अन्तिम बलमा करण केसीलाई छक्का हान्दै यस सिरिजमा अर्धशतक हान्ने पहिलो खेलाडी बने । तीव्र गतिका बलर सोमपाल कामीले पाँचौं ओभरको दोस्रो बलमा सुखदीप सिंहलाई ८ रनमा सन्दीप लामिछानेबाट क्याच गराए । उनले १२ बलमा १ चौका हाने ।

आदिल अन्सारीले छैटौं ओभरको अन्तिम बलमा कोलिन्स ओबुयालाई १४ रनमा बोल्ड गरे । १८ बल खेल्दै उनले १ चौका र १ छक्का प्रहार गरे । ओबुया आउट हुँदा केन्या २९(२ को अवस्थामा थियो । त्यसपछि नेपालले तेस्रो विकेट लिन सकेन । अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीलाई १९ रन प्रहार गर्दै केन्याले बलियो योगफल बनाएको थियो ।

सन्दीप लामिछानेले ४ ओभरमा ४२ रन खर्चेर विकेट लिन सकेनन् । दीपेन्द्रसिंह ऐरीले ३ ओभरमा ३१ रन खर्चिए । सोमपाल कामीले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । करण केसीले ३ ओभरमा २० रन खर्चेपनि विकेट लिनसकेनन् । आदिल अन्सारीले १ ओभरमा ४ रन खर्चेर १ विकेट लिए । पवन सरार्फले २ ओभरमा ९ रन खर्चिए ।

नेपाल पहिलो खेलमा ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । चौथो खेल सोमबार र पाँचौं तथा अन्तिम खेल मंगलबार हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.