default_image

2 years ago

August 29, 2022

सन्दीप र सुबास बिग ब्यासमा बिकेनन्

109 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलिया क्रिकेट बोर्डले आयोजना गर्ने विश्व चर्चित बिग ब्यास लिग २०२२/२३ को ड्राफ्टमा नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र विकेटकिपर सुवास खकुरेललाई कुनैपनि टोलीले अनुबन्ध गरेनन् ।

बिग ब्यासमा पहिलो पटक ड्राफ्टमार्फत खेलाडी अनुबन्ध गर्दा कुनैपनि टोलीले अनुबन्ध गरेनन् । सन्दीप २०१८ पछि पहिलो पटक बिग ब्यास लिग खेल्ने छैनन् ।

सन्दीपले २०२३ को सुरुवातमा युएई क्रिकेट बोर्डले आयोजना गर्ने इन्टरनेसनल लिग २० प्रतियोगिता डेजर्ट भाइपर्सबाट खेल्नेछन् । जसको कारण बिग ब्यास लिगमा आधा सिजनमात्र उपलब्ध हुने थिए ।

त्यसैले नलिएको हुनसक्ने अनुमान गरिएको छ । वेस्टइन्डिजका आक्रामक ब्याटर आन्द्रे रसेल, काइरन पोलार्ड र दक्षिण अफ्रिका फाफ डु प्लेसिसलाई पनि कुनैपनि टोलीले अनुबन्ध गरेनन् ।

यसअघि सन्दीपले समान दुई संस्करण होबार्ट हरिकेन्स र मेलबर्न स्टार्सबाट खेलेका थिए । २०२१/२२ को सिजनमा सन्दीपले १४ खेलमा १४ विकेट लिएका थिए । २०२०/२१ को सिजनमा ८ खेलमा ८ विकेट लिएका थिए ।

सन्दीपले पहिलो पटक सन् २०१८ मा मेलबर्न बाटै बिग ब्यास लिग खेलेका थिए । उक्त वर्ष सन्दीपले ८ खेलमा ११ विकेट हात पारेका थिए । सन्दीपले बिग ब्यासमा हालसम्म ४३ खेलमा ४८ विकेट लिएका छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.