default_image

2 years ago

August 29, 2022

पारसले बागमती प्रदेशको क्रिकेट टिम हेर्ने

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशको क्रिकेट टिम हेर्ने भएका छन् ।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले पारसलाई क्रिकेट खेलको प्राविधिक समितिको प्रमुखको जिम्मेवारी दिएको परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जनाएका छन् । प्रदेश खेलकुद विकास परिषद्का अनुसार पारसले क्रिकेट खेलको संयोजकको जिम्मेवारी निर्वाह गर्नेछन् । उनले प्रदेश प्रतियोगिताको आयोजना, सञ्चालन र छनोटमा प्रमुख भुमिका खेल्नेछन् ।

बागमतीले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट खेलमा स्वर्ण जित्ने लक्ष्य रहेको परिषद्ले जनाएको छ । सोही अनुसार प्रदेशले क्रिकेट खेलको सम्पुर्ण छनोटको जिम्मेवारी पारसलाई दिएको हो । बागमतीले सहभागी ३६ खेलको तालिका सार्वजनीक गर्दै संयोजक समेत तोकेको छ । प्रदेश खेलकुद विकास परिषद् बागमतीले भदौ १३ गतेदेखि प्रदेश छनोट सुरु गरेर २४ गतेभित्र सक्ने तालिका बनाएको छ ।

तालिका अनुसार नै सोमबारदेखि लनटेनिस र बक्सिङको छनोट सुरु भइसकेको छ । बागमती प्रदेशले छनोटबाट आएका खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने र स्वर्ण पदक विजेतालाई दशौं राष्ट्रिय खेलकुदसम्म मासिक ६ हजार रुपैयाँका दरले भत्ता दिने निर्णय गरिसकेको छ ।

नवौं राष्ट्रिय खेलकुदमा बागमतीले पहिलो स्थान हासिल गर्ने लक्ष्य राखेको छ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ । पुरुष क्रिकेटतर्फ खेलहरु भने भदौ अन्तिम सातामै काठमाडौंमा सुरु हुने सम्भावना छ ।

May 15, 2024

लखनऊ विरुद्ध दिल्लीको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । […]

May 14, 2024

दीपेन्द्रको विष्फोटक ब्याटिङमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको विष्फोटक फिनिसको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ […]

May 14, 2024

नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएपछि नेपालले १ सय ९७ रनको लक्ष्य पाएको हो । नेपालको विश्वकप […]

Success

Thank you for your time.