default_image

9 years ago

December 20, 2016

टेस्ट क्रिकेटमा कीर्तिमान तिर अघि बढ्दै भारत

140 views

0 Bookmark

चेन्नाई (एजेन्सी)– भारतीय क्रिकेट टोलीमा अहिले सम्मकै उत्कृष्ट बन्ने सम्भावना रहेको मुख्य प्रशिक्षक अनिल कुम्बलेले बताएका छन् । टेस्ट क्रिकेटको शीर्ष वरियतामा रहेको भारतले मंगलबार इङ्ल्यान्डलाई पाँचौं तथा अन्तिम टेस्टमा १ इनिङ र ७५ रनले हराएपछि कुम्बलेले यस्तो प्रतिक्रिया दिएका हुन् । मंगलबारको जितसँगै ५ टेस्टको श्रृखंलामा भारत ४–० ले विजयी भएको छ । पहिलो टेस्ट बराबरीमा टुंगिएको थियो ।

cricket-india

भारतीय टोलीले लगातार पाँचौं टेस्ट श्रृखंला जितेको छ भने टोलीको अपराजित यात्रा १७ खेल पुगेका छ । ‘यो टोली असाधारण छ’ उनले भने, ‘जितमा सबैको योगदान रह्यो । यो टोली साच्चै विशेष छ ।’

भारत पछिल्लो पटक सन् २०१५ को अगस्टमा श्रीलंकासँग पराजित भएको थियो । यद्दपी त्यो श्रृखंलामा पनि भारतले २–१ ले जितेको थियो । त्यसपछि भारतले दक्षिण अफ्रिका, न्यूजिल्यान्ड र इङ्ल्यान्डलाई घरेलु मैदानमा हराएको छ । त्यस्तै वेस्ट इन्डिजलाई उसकै मैदानमा हराएको थियो ।

यद्दपी भारत अझै केही कीर्तिमान भन्दा पछि नै छ । सबैभन्दा बढी अपराजित रहने कीर्तिमान भने वेस्ट इन्डिजको नाममा रहेको छ । १९८२ देखि १९८४ सम्म वेस्ट इन्डिज २७ खेलमा अपराजित रहेको थियो । त्यस्तै १९८४ देखि १९९२ सम्म इङ्ल्यान्डले र २००५ देखि २००८ सम्म अस्ट्रेलिया चार टेस्ट श्रृखंलाका जित्नुका साथै लागतार ९ खेल जितेका थिए।

यसपटकको जितले भारतले एकहद सम्म बदला पुरा गरेको छ । भारत २०१२ मा घरेलु मैदानमा र २०१४ मा भ्रमणका क्रममा इङ्ल्यान्डसँग पराजित भएको थियो । ‘विशेष खालको अनुभव भइरहेको ’ भारतीय टोलीका कप्तान विराट कोहलीले भने, ‘पछिल्लो पटक हामी इङ्ल्यान्डसँग यो मैदानमा हराएका थियो । हामीले त्यति बेला श्रृखंलामा पनि गुमाएका थियौं । त्यसैले पनि सम्भवत यो अहिले सम्मको सुखद क्षण मध्ये पर्दछ । पछिल्ला १५ महिलामा हामीले शीर्ष टोलीहरुलाई हराएका छौं, जुन टोलीसँग हामी पराजित भएका थियौं । यसपटक सबै चिज राम्रो भयो ।’

फलो अनमा परेको इङ्ल्यान्डले पाँचौ तथा अन्तिम दिन मंगलबारको खेल विना क्षेति १२ रनबाट खेल अघि बढाएको थियो । तर, एलेस्टर कुकको पुरै टोली २ सय ७ रनमा अलआउट भएको थियो । भारतीय अलराउन्डर रविन्द्र जडेजाले ७ विकेट लिए भने इशान्त शर्मा, उमेश यादव र अमित मिश्राले समान १ विकेट लिए ।

Indian cricket captain Virat Kohli, left, and team celebrate after winning the test series against England during their fifth day of the fifth cricket test match in Chennai, India, Tuesday, Dec. 20, 2016. (AP Photo/Tsering Topgyal)

इङ्ल्यान्डका लागि केटोन जेनिङसले सबैभन्दा बढी ५४ रन बनाएका थिए । कप्तान कुलले ४९ , मोइन अलिले ४४ र बेन स्टोक्सले २३ रन बनाउनु बाहेक कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । इङ्ल्यान्डले पहिलो इनिङमा ४ सय ७७ रन बनाएको थियो ।

करुण नायरको अविजित तेहोरो शतक र लोकेश राहुलको १ सय ९९ रनको मद्दतमा भारतले ७ विकेटको क्षेतिमा ७ सय ५९ रन बनाउँदै पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । नायर म्यान अफ दि म्याच र कप्तान कोहली म्यान अफ दी सिरिज घोषित भएका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.