default_image

2 years ago

August 31, 2022

अमेरिकामा रुप स्मृती क्रिकेट हुने

सुरज भण्डारी, टेक्सस (अमेरिका) गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् अमेरिका र साथी बाल्टिमोरको आयोजनामा सेप्टेम्बर ३ देखि सेप्टेम्बर ६ सम्म मेरिल्याण्ड राज्यको बाल्टिमोरमा रुप स्मृति तथा साथी कप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा अमेरिकाको विभिन्न राज्य तथा शहरमा रहेका क्रिकेट क्लबहरुको सहभागिता रहनेछ । संघका सचिव अनुप खनालका अनुसार प्रतियोगितामा मेरिल्याण्ड ग्राब्स, […]

58 views

0 Bookmark

सुरज भण्डारी, टेक्सस (अमेरिका)

गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् अमेरिका र साथी बाल्टिमोरको आयोजनामा सेप्टेम्बर ३ देखि सेप्टेम्बर ६ सम्म मेरिल्याण्ड राज्यको बाल्टिमोरमा रुप स्मृति तथा साथी कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा अमेरिकाको विभिन्न राज्य तथा शहरमा रहेका क्रिकेट क्लबहरुको सहभागिता रहनेछ । संघका सचिव अनुप खनालका अनुसार प्रतियोगितामा मेरिल्याण्ड ग्राब्स, ल्यान्काष्टर क्रिकेट क्लब,फार वेर्ष्टन क्रिकेट क्लब,बोस्टन अल स्टार्स,एभरेष्ट लायन क्रिकेट क्लब,साथी बाल्टिमोर क्रिकेट क्लब , रियुनियन क्रिकेट क्लब र बाल्टिमोर एथलेटिक क्लबको सहभागिता रहनेछ ।

सहभागि क्लबहरुलाई २ समूहमा विभाजन गरी प्रतियोगिता संचालन हुनेछ । राउन्ड रोविनका आधारमा हुने समूह चरणको खेलपछि शीर्ष २ टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । टि २० प्रतियोगिताको विजेताले ३ हजार ५ सय र दोस्रो हुने टोलीले २ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

संघले भारोत्तोलनका पूर्व अन्तराष्ट्रिय पदक विजेता रुप कार्कीको स्मृतिमा प्रतियोगिता संचालन गर्न लागेको हो । संघले यस अघि नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागिता सहितको एनआरएनए एनसिसी क्रिकेट प्रतियोगितामा मुख्य प्रायोजन गरेको थियो ।

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई पुनः विशाल लक्ष्य पेश 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ […]

Success

Thank you for your time.