default_image

2 years ago

August 31, 2022

भक्तपुरमा टि २० विश्वकप क्रिकेट ट्रफीको प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा ल्याएको आईसीसी पुरुष टि२० विश्वकप क्रिकेटको ट्रफी प्रदर्शनीका लागि बुधबार भक्तपुर दरबार स्क्वायरमा राखिएको छ । ट्रफी सोमबार नेपाल ल्याएको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनीका लागि राखेको हो । प्रदर्शनीमा राखिनु अघि ट्रफी दरबार क्षेत्र घुमाईएको थियो । विश्वकपको ट्रफीसँग विभिन्न […]

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा ल्याएको आईसीसी पुरुष टि२० विश्वकप क्रिकेटको ट्रफी प्रदर्शनीका लागि बुधबार भक्तपुर दरबार स्क्वायरमा राखिएको छ । ट्रफी सोमबार नेपाल ल्याएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनीका लागि राखेको हो । प्रदर्शनीमा राखिनु अघि ट्रफी दरबार क्षेत्र घुमाईएको थियो । विश्वकपको ट्रफीसँग विभिन्न स्कुलका विद्यार्थी, स्थानीय र पर्यटकले ट्रफीसँग तस्बिर खिचाएका थिए ।

नेपाल ल्याइएको ट्रफी मंगलबार सोलुखुम्बुको गोक्यो ताल र कालापत्थरमा लगिने भनिएपनि खराव मौसमका कारण ट्रफीलाई काठमाडौंको चन्द्रागिरिमा प्रदर्शनी गरिएको थियो । त्यसपछि ट्रफीलाई प्रधानमन्त्री कार्यलयमा लगिएको थियो । ट्रफी टुरमा नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी मेहबुब आलम, शरद भेषावकर, महिला टिमकी कप्तान रुबिना क्षेत्रीसँगै पूर्व कप्तान तथा क्यानका क्रिकेट म्यानेजर विनोद दास पनि सहभागी छन् ।

निसानसँग सहकार्य गरेर आइसीसीले ट्रफी विश्वभर भ्रमण गराउँदै आएको छ । ट्रफी खेलाडी तथा राष्ट्रप्रमुख बाहेक अन्यले छुन पाउँदैनन् । विश्वकपको एक सय दिन ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल ल्याईएको हो । विश्वकपको ट्रफी १३ देशका ३५ स्थानमा पुर्याइने बताइएको छ ।

फिजि, फिनल्यान्ड, जमर्नी, घना, इन्डोनेसिया, जापान, नामिबिया, नेपाल, सिंगापुर, भनुआतुमा पहिलोपटक टि–२० विश्वकपको ट्रफी पुग्नेछ । सुरुवात जुलाई ८ देखि मेलबर्नबाट सुरु भएको हो । अक्टोबर १३ मा अष्ट्रेलियाको जिलङमा पुगेर सकिनेछ ।
टि–२० विश्वकपको ट्रफी नेपालमा पहिलो पटक आउन लागेको हो ।

यसअघि २०१९ मा इंग्ल्यान्डमा भएको एकदिवसिय विश्वकपको ट्रफी भने नेपालको काठमाडौं र पोखरा पुर्याएको थियो । टि –२० विश्वकप २०२२ अष्ट्रेलियामा १६ अक्टोबर देखि नोभेम्बर १३ सम्म हुनेछ । नेपाल गत फागुनमा आइसिसी टी– २० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित हुँदै टि–२० विश्वकप खेल्ने अवसर गुमाएको थियो ।

ट्रफीसँग नेपाल आएका आईसीसी मार्केटिङ एण्ड कम्युनिकेसन प्रतिनिधि शोमेरेस सेट्टीले धेरै समर्थकको माझ पु¥याउने उद्देश्यका साथ यो ट्रफी टुर गरिएको बताएका थिए ।

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई पुनः विशाल लक्ष्य पेश 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ […]

Success

Thank you for your time.