default_image

2 years ago

August 31, 2022

सूर्य र विराटको अर्धशतकमा हङकङलाई विशाल लक्ष्य

120 views

0 Bookmark

एजेन्सी– विराट कोहली र सूर्यकुमार यादवको उत्कृष्ट अर्धशतकमा भारतले टि२० एसिया कप २०२२ मा हङकङलाई १ सय ९३ रनको विशाल लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९२ रन बनायो ।

भारतका विराट कोहली ४४ बलमा १ चौका र ३ छक्कासहित ५९ रनमा अविजित रहे । सूर्यकुमार यादव २६ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ६८ रनमा अविजित रहे । तेस्रो विकेटका लागि कोहली र सूर्यकुमारले ४२ बलमा ९८ रनको अविजित साझेदारी गरेका थिए । पहिलो विकेटका लागि रोहित शर्मा र लोकेश राहुलले ३१ बलमा ३८ रनको साझेदारी गरेका थिए ।

रोहित आयुष शुक्लाको बलमा अजिज खानबाट २१ रनमा क्याच आउट भए । रोहितले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि राहुल र कोहलीले ४९ बलमा ५६ रनको सुस्त सुरुवात गरेका थिए । राहुल ३९ बलमा २ छक्कासहित ३६ रनमा आउट भए ।

सूर्यले आक्रामक ब्याटिङ गर्दै इनिङ उकासेका थिए । सूर्यले अन्तिम ओभरमा हारुन अर्शदलाई चारछक्कासहित कुल २६ रन जोडेका थिए । सुस्त सुरुवात गरेपनि सूर्यकुमार यादवले विष्फोटक ब्याटिङ गर्दै भारतलाई विशाल योगफलमा पुर्याए । हङकङका आयुष शुक्ला र मोहम्मद गजानफरले एक एक विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.