default_image

2 years ago

September 1, 2022

हङकङलाई हराउँदै भारत सुपर फोरमा

एजेन्सी – भारतले हङकङलाई हराउँदै टि२० एसिया कप २०२२ को सुपर फोरमा स्थान बनाएको छ । भारतले हङकङलाई ४० रनले हराउँदै समूह ए बाट अपराजित रहँदै सुपर फोरमा पुगेको हो । जितको लागि १ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । हङकङका […]

106 views

0 Bookmark

एजेन्सी – भारतले हङकङलाई हराउँदै टि२० एसिया कप २०२२ को सुपर फोरमा स्थान बनाएको छ । भारतले हङकङलाई ४० रनले हराउँदै समूह ए बाट अपराजित रहँदै सुपर फोरमा पुगेको हो ।

जितको लागि १ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । हङकङका बाबार हयातले ३५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४१ रन बनाए ।

किन्चित शाहले २८ बलमा २ चौका र १ छक्कासहित ३०, अजिज खान १४, जिशान अली २६ र स्कट म्याककेचनी १६ रन बनाए । भारतका भुवनेश्वर कुमार, अर्शदीपसिंह, रविन्द्र जडेजा र आवेश खानले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । भारतका विराट कोहली ४४ बलमा १ चौका र ३ छक्कासहित ५९ रनमा अविजित रहे । सूर्यकुमार यादव २६ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ६८ रनमा अविजित रहे ।

तेस्रो विकेटका लागि कोहली र सूर्यकुमारले ४२ बलमा ९८ रनको अविजित साझेदारी गरेका थिए । पहिलो विकेटका लागि रोहित शर्मा र लोकेश राहुलले ३१ बलमा ३८ रनको साझेदारी गरेका थिए ।

रोहित आयुष शुक्लाको बलमा अजिज खानबाट २१ रनमा क्याच आउट भए । रोहितले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि राहुल र कोहलीले ४९ बलमा ५६ रनको सुस्त सुरुवात गरेका थिए । राहुल ३९ बलमा २ छक्कासहित ३६ रनमा आउट भए ।

सूर्यले आक्रामक ब्याटिङ गर्दै इनिङ उकासेका थिए । सूर्यले अन्तिम ओभरमा हारुन अर्शदलाई चारछक्कासहित कुल २६ रन जोडेका थिए । सुस्त सुरुवात गरेपनि सूर्यकुमार यादवले विष्फोटक ब्याटिङ गर्दै भारतलाई विशाल योगफलमा पुर्याए । हङकङका आयुष शुक्ला र मोहम्मद गजानफरले एक एक विकेट लिए ।

समूह बी बाट अफगानिस्तान अपराजित रहँदै सुपर फोरमा पुगेको छ । समूह बी को अन्तिम खेलमा आज श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । विजेता टोली सुपर फोरमा स्थान बनाउनेछ । हङकङ र पाकिस्तानबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । विजेता टोली सुपर फोरमा पुग्नेछ ।

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई पुनः विशाल लक्ष्य पेश 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ […]

Success

Thank you for your time.