default_image

3 years ago

September 2, 2022

नेपालको मध्यम बलिङ प्रदर्शन

198 views

0 Bookmark

काठमाडौंं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्याविरुद्ध मध्यम बलिङ प्रदर्शन गरेको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले २८ ओभरमा ४ विकेट गुमाउँदै १ सय ९ रन बनाएको छ ।

केन्याका रकिप पटेल ३९ बलमा २ चौकासहित २३ रनमा अविजित छन् । कोलिन्स ओबुया ६६ बलमा ३ चौका र १ छक्कासहित ३५ रनमा अविजित छन् । पाँचौं विकेटका लागि लागि रकिप र ओबुयाले ६० रनको अविजित साझेदारी गरेका छन् ।

तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको पाँचौं बलमा ओपनर सुखदीप सिंहलाई ५ रनमा कट एण्ड बोल्ड आउट गरे । करण केसीले चौथो ओभरको दोस्रो बलमा एलेक्स ओबान्डालाई शून्यमा विकेटकिपर अर्जुन साउदबाट क्याच गराए ।

नवौं ओभरको दोस्रो बलमा नेल्सनलाई सोमपालले दुई रनमा एलबीडब्लू आउट गरे । १३ औं ओभरको पाँचौं बलमा पवन सरार्फले इफरान करिमलाई ३० रनमा बोल्ड आउट गरे । करिमले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

सिरिज तीन खेलको एकदिवसिय अभ्यास खेल हुनेछ । तीन एकदिवसिय अभ्यास खेलमा नेपालको कप्तानी युवा ब्याटर रोहित पौडेलले गरेका छन् ।

सन्दीप लामिछाने भने टि२० आई सिरिजपछि क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज गएका छन् । पाँच टि२० आई खेलको सिरिज नेपालले ३–२ ले जितेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.