default_image

2 years ago

September 2, 2022

नेपालको राम्रो सुरुवात

134 views

0 Bookmark

एजेन्सी – ओपनर आसिफ शेख र अर्जुन साउदले केन्यासँगको पहिलो एकदिवसिय अभ्यास खेलमा राम्रो सुरुवात दिलाएका छन् । जितका लागि २ सय १९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १० ओभरमा कुनै विकेट नगुमाई ५७ रन बनाएको छ ।


नेपालका आसिफ शेख २३ बलमा ७ चौकासहित ३५ रनमा अविजित छन् । उनलाई अर्जुन साउदले ३७ बलमा २ चौकासहित १८ रनमा साथ दिएका छन् ।

त्यसअघि नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्या ४८.१ ओभरमा २ सय १८ रनमा अल आउट भएको थियो ।

केन्याका रकिप पटेलले ७४ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६७ रन बनाए । कोलिन्स ओबुयाले १ सय १८ बलमा ३ चौका र २ छक्कासहित ६२ रनमा आउट भए । पाँचौं विकेटका लागि लागि रकिप र ओबुयाले १ सय ३० रनको शतकीय साझेदारी गर्दै राम्रो योगफलको आधार तय गरेका थिए । तर त्यसपछिका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका सोमपाल कामीले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए । करण केसीले ९.१ ओभरमा ३ मेडनसहित ३८ रन खर्चेर ३ विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.