default_image

2 years ago

September 3, 2022

रोहितको अर्धशतकमा केन्यालाई चुनौतीपूर्ण लक्ष्य

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेलको अर्धशतकमा नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्यालाई २ सय ३१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । नैरोबीमामा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४९.२ ओभरमा २ सय ३० रनमा अल आउट भयो ।

नेपालका रोहित पौडेलले ९५ बलमा ७ चौकासहित सर्वाधिक ७८ रनको इनिङ खेले । पहिलो विकेटका लागि ओपनर देव खनाल र अर्जुन साउदले ५.५ ओभरमा १९ रनको साझेदारी गरेका थिए । अर्जुन १६ बलमा ५ रन बनाउँदै आउट भए ।

कप्तान शेम न्गोचेको बलमा ज्ञानेन्द्र मल्ल ३७ बलमा ४ चौकासहित २५ रनमा बोल्ड आउट भए । १९ औं ओभरको अन्तिम बलमा देव खनाल ३७ रनमा क्याच आउट भए ।

देव स्पिनर विराज पटेलको बलमा कोलिन्स ओबुयाबाट क्याच भएका थिए । देवले ५५ बलमा ४ चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरी २, बसिर अहमद १७ र पवन सरार्फ २ रनमा आउट भए ।

तल्लोक्रमका आदिल अन्सारी १४ र सोमपाल कामी १५ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भए । करण केसी ६ बलमा २ चौकासहित ११ रनमा आउट भए ।

केन्याका कप्तान शेम न्गोचेले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । विरज पटेल १० ओभरमा १ मेडनसहित ३२ रन खर्चेर २ विकेट लिए । तीन एकदिवसिय अभ्यास सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.