default_image

2 years ago

September 5, 2022

नेपालको मध्यम प्रदर्शन

एजेन्सी – नेपालले तेस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्याविरुद्ध मध्यम बलिङ प्रदर्शन गरेको छ । जिमखाना क्लब मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले १८ ओभरमा १ विकेट गुमाउँदै ६७ रन बनाएको छ । केन्याका विकेटकिपर सुखदीप सिंह ५५ बलमा ४ चौकासहित ३३ रनमा अविजित छन् । कोलिन्स ओबुया ४७ बलमा ३ चौकासहित २६ […]

199 views

0 Bookmark

एजेन्सी – नेपालले तेस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्याविरुद्ध मध्यम बलिङ प्रदर्शन गरेको छ । जिमखाना क्लब मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले १८ ओभरमा १ विकेट गुमाउँदै ६७ रन बनाएको छ ।


केन्याका विकेटकिपर सुखदीप सिंह ५५ बलमा ४ चौकासहित ३३ रनमा अविजित छन् । कोलिन्स ओबुया ४७ बलमा ३ चौकासहित २६ रनमा अविजित छन् । सुखदीप र कोलिन्सले दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरेका छन् ।
ओपनर नेल्सन ४ रनमा रन आउट भए । दीपेन्द्रसिंह ऐरीले चौथो ओभरको तेस्रो बलमा मिडअनबाट रन आउट गराएका थिए ।

नेपालले आजको खेलमा करण केसीलाई विश्रमा दिएको छ । करणको स्थाना नेपालले किशोर महतोलाई मौका दिएको छ । त्यस्तै पवन सरार्फको स्थानमा आसिफ शेखलाई मौका दिएको छ ।

एक खेल अगावै सिरिज जितेको नेपाल क्लिनस्विप गर्ने सोचमा हुनेछ । केन्या अन्तिम खेलमा जितका साथ सिरिजमा क्लिनस्विप हुनबाट बच्न चाहन्छ । नेपाल पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा १७ रनले विजयी भएको थियो ।

नेपालले केन्यासँगको पाँच टि२० आई सिरिज भने ३–२ ले जितेको थियो । टि२० आई सिरिजपछि सन्दीप लामिछाने भने क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज गएका छन् । त्यसैको कारण उपकप्तान रोहित पौडेलले एकदिवसिय अभ्यास खेलमा नेपालको कप्तानी गरेका छन् ।

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

Success

Thank you for your time.