default_image

2 years ago

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

5520 views

0 Bookmark

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो ।

२०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ रनको आवश्यकता थियो ।

अन्तिम ओभर बलिङ गर्न भुवनेश्वर कुमार आएका थिए । उनको पहिलो बलमा रविचन्द्रण आश्विनले १ रन लिए । दोस्रो बलमा रोभमन पावेलले २ रन लिए भने तेस्रो बलमा उनले चौका प्रहार गरे ।

चौथो बलमा पनि पावेलले २ रन लिए । हैदराबादका लागि रनआउटको अवसर भएपनि पावेक २ रन लिन सफल रहे । अन्तिम बलमा २ रन चाहिएकोमा पावेललाई कुमारले एलबिडब्लुमा फसाएपछि हैदराबाद १ रनले विजयी भयो ।

राजस्थानका रियान परागले ४९ बलमा ८ चौका र ४ छक्का सहित सर्वाधिक ७७ रन बनाए । यस्तै यशस्वी जैसवालले ४० बलमा ६७ रन जोडे । जोस बटलर र सञ्जु स्यामसन दुवै शून्यमा आउट भएपछि जैसवाल र परागले इनिङ सम्हालेका थिए । यस्तै अन्तिम बलमा आउट भएका पावेलले १५ बलमा २७ रन बनाए ।

हैदराबादका भुवनेश्वर कुमारले ३ विकेट लिए । यस्तै प्याट कमिन्स र नटराजनले २-२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनायो । सुस्त सुरुवात गरेको हैदराबादको इनिङ नितिश रेड्डी र हेन्रीक क्लासेनले उकासेका थिए ।

रेड्डीले ४२ बलमा ३ चौका ८ छक्का प्रहार गर्दै ७६ रन जोडे । क्लासेनले १९ बलमा ३ चौका र ३ छक्का सहित ४२ रन बनाए । ट्राभिस हेडले ४४ बलमा ५८ रन जोडेका थिए ।

राजस्थानका आभेश खानले २ विकेट तथा सन्दिप शर्माले १ विकेट लिए ।

जित पछि हैदराबाद १० खेलमा १२ अंक सहित चौथो स्थानमा उक्लिएको छ । राजस्थान १० खेलमा १६ अंक सहित शीर्ष स्थानमा यथावत छ ।

आईपिएलमा भोलि हुने खेलमा मुम्बई इंडियन्स र कोलकत्ता नाईट राइडर्स भिड्ने छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.