2 years ago
September 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशको कप्तानी तीव्र गतिका बलर अमृत गुरुङले गर्ने भएका छन् ।
बिहीबारदेखि काठमाडौंमा सुरु हुने क्रिकेट प्रतियोगितामा गण्डकीले १४ सदस्य टोली घोषणा गरेको छ । गण्डकीको टोलीमा युवा ब्याटर अर्जुन कुमाल, अनुभवी ब्याटर अनिल गुरुङ, विपिन खत्री लगायतका खेलाडी छन् । अमृतलाई कप्तान दिएको छ ।
गण्डकी समूह ए मा छ । कुल ११ टोली सहभागी प्रतियोगितामा दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश छन् । समूह बी मा एनआरएन, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश एक र एपिएफ छन् ।
गण्डकीले पहिलो खेल बिहीबार मुलपानी मैदानमा विहान मधेश प्रदेशविरुद्ध खेल्नेछ । गण्डकीले भदौ २५ मा टियुमा खेल्नेछ । गण्डकीले अन्तिम खेल भदौ २९ मा कर्णालीविरुद्ध खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ । सेमिफाइनल भदौ ३० र फाइनल ३१ मा हुनेछ ।
गण्डकीको टोली :
अनिल गुरुङ, अर्जुन कुमाल, अमृत गुरुङ (कप्तान), दीपक डुम्रे, अभिषेक बस्नेत, समिर कंडेल, ईश्वर क्षेत्री, समिर शाही, सन्दीप क्षेत्री, विपिन खत्री, कमल परियार, सुवास भण्डारी, अशोक श्रेष्ठ र चन्द्रकान्त पौडेल ।
वैकिल्पिक खेलाडी :
कृष्ण पौडेल र अंकित न्यौपाने ।
July 26, 2024
एजेन्सी – आयोजक श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]
July 26, 2024
एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो। ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]
July 26, 2024
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]