default_image

2 years ago

September 6, 2022

रविन्द्रको कप्तानीमा कर्णाली प्रदेशको टोली घोषणा

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशले अलराउन्डर रविन्द्रजंग शाहीको कप्तानीमा नवौं राष्ट्रिय खेलकुद क्रिकेट प्रतियोगिताको लागि टोली घोषणा गरेको छ ।

तीन नयाँ खेलाडी समेट्दै कर्णालीले १४ सदस्य टोली घोषणा गरेको छ । कर्णालीको टोलीमा मोहन बि.क, सुमित बुढाथोकी र विपिन शाही पहिलो पटक कर्णालीको टोलीमा परेका छन् । कर्णाली समूह ए मा छ ।

समूह ए मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश छन् । समूह बी मा एनआरएन, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश एक र एपिएफ छन् ।

कर्णालीले पहिलो खेल बिहीबार लुम्बिनीविरुद्ध मुलपानी मैदानमा दिउँसो खेल्नेछ । कर्णालीले अन्तिम खेल भदौ २९ मा गण्डकीसँग खेल्नेछ । कर्णालीले शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ । सेमिफाइनल भदौ ३० र फाइनल ३१ मा हुनेछ ।

कर्णालीको टोली :
रविन्द्रजंग शाही (कप्तान), निश्चल रावल, अर्जुन घर्ती, अनुज चनारा, दिवान पुन, प्रकाश जैशी, सुवोध ऐर, मनिश थापा, विपिन शाही, हिमान्सु शाही, दीनेश अधिकारी, सुमित बुढाथोकी, विपिन रावल र मोहन वि.क ।

वैकल्पिक खेलाडी :

युनिस विक्रम सिंह र राज प्रसाद शाह ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.