default_image

2 years ago

September 7, 2022

एक खेल अगावै फाइनलमा पुग्ने सोचमा पाकिस्तान

एजेन्सी – टि२० एसिया कप २०२२ को सुपर फोरमा आज पाकिस्तानले अफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७: ४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरुहुनेछ । पाकिस्तान आजको खेलमा विजयी हुँदा फाइनल पुग्नेछ । पाकिस्तान विजयी हुँदा श्रीलंका पनि फाइनलमा स्थान पक्का गराउनेछ । तर पाकिस्तान विजयी हुँदा भारत भने सुपर फोरबाटै औपचारिक रुपमा […]

169 views

0 Bookmark

एजेन्सी – टि२० एसिया कप २०२२ को सुपर फोरमा आज पाकिस्तानले अफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७: ४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरुहुनेछ ।

पाकिस्तान आजको खेलमा विजयी हुँदा फाइनल पुग्नेछ । पाकिस्तान विजयी हुँदा श्रीलंका पनि फाइनलमा स्थान पक्का गराउनेछ । तर पाकिस्तान विजयी हुँदा भारत भने सुपर फोरबाटै औपचारिक रुपमा बाहिरिनेछ । त्यसैले भारत पाकिस्तानको हार चाहन्छ ।

पाकिस्तानले सुपर फोरमा भारतलाई ५ विकेटले हराएको थियो । उक्तक्रममा पाकिस्तानले भारतले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य १९.५ ओभरमा पूरा गरेको थियो । समूह चरणमा पाकिस्तान भारतसँग ५ विकेटले नै पराजित भएको थियो । भारत श्रीलंकासँग ६ विकेटले पराजित भएपछि सुपर फोरबाटै बाहिरिने उच्च सम्भावना छ । भारतको झिनो अंक गणीतिय सम्भावना मात्र बाँकी छ । भारत फाइनलमा पुग्न पाकिस्तानले दुबै खेल हार्नुपर्छ ।


भारतलाई हराएको पाकिस्तानको मनोबल उच्च छ । ओपनर मोहम्मद रिजवानले भारतलाई हराउन ७१ रनको इनिङ खेलेका थिए । बाबर आजम र रिजवानले पाकिस्तानको जितको आधार तय गर्दै आएका छन् । जारी एसिया कपमा भने बाबर सुरुवाती तीन खेलमा सस्तैमा आउट भएका छन् । बाबर आफैंलाई ठूलो इनिङको दबाब छ । बाबरबाट पाकिस्तान उच्च प्रदर्शन चाहन्छ ।

पाकिस्तानले बाबर र रिजवानमा मात्र निर्भर नभएको संकेत दिएको छ । खुशदील शाह, मोहम्मद नवाज, इफ्तिखर अहमद र आसिफ अलीले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । भारतलाई हराउन नवाज नायक बनेका थिए । पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण मजबुत छ । नसिम शाह, हरिस रौफ र मोहम्मद हसनैन छन् । शनवाज दाहनी फिट भएमा हसन बेन्चमा बस्नेछन् ।

स्पिनरमा शादब खान र मोहम्मद नवाजले सानदार प्रदर्शन गर्दै आएका छन् । मध्यक्रममा यी दुई स्पिनरको सामना गर्न सहज हुनेछैन । भारत राम्रो सुरुवातको बाबजुद यी दुई स्पिनरको आक्रामणमा फसेको थियो ।

यता अफगानिस्तानका युवा ओपनर रहमानुल्लाह गुरबाजले सानदार प्रदर्शन गर्दै आएपनि अन्यले साथ पाउन सकेका छैनन् । गुरबाजले श्रीलंकाविरुद्ध सुपर फोरमा ८४ रनको उत्कृष्ट इनिङ खेलेका थिए । तर अन्यबाट राम्रो साथ पाउन सकेनन् । अर्का ओपनर हज्रातुल्लाह जजाई खराब लयबाट गुज्रिएका छन् ।

मध्यक्रममा नाजिबुल्लाह जद्रान घातक बन्न सक्छन् । तर जद्रान बाहेक अन्यले राम्रो गर्न सकेका छैनन् । मध्यक्रम अफगानिस्तानको कमजोरीको रुपमा छ । अफगानिस्तानको तीव्र गतिको बलिङ आक्रामण अर्को कमजोरी हो । फजलहक फारुकी र नविन उल हक तीव्र गतिका बलरको रुपमा छन् ।

अफगानिस्तानको स्पिन प्रमुख हतियार हो । राशिद खान, मुजिब उर रहमान र मोहम्मद नाबी छन् । श्रीलंकाविरुद्ध राशिख खानले ४ ओभरमा ३९ रन खर्चेका थिए । राशिद मानसिक रुपमा केहि दबाबमा हुनेछन् । उनको उत्कृष्ट बलिङ बिना जित कठिन देखिन्छ ।

पाकिस्तान र अफगानिस्तानबीच हालसम्म दुई टि२० आई खेल भएको छ । जसमा पाकिस्तान दुबै खेलमा विजयी भएको छ । गतवर्ष अफगानिस्तानलाई हराउन आसिफ अलीले १९ औं ओभरमा करिम जन्नतलाई चार छक्का हान्दै खेल जिताएका थिए । बिहीबार भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार पाकिस्तान र श्रीलंका भिड्नेछन् । श्रीलंका अनौपचारिक रुपमा फाइनलमा पुगि सकेको छ । फाइनल आइतबार हुनेछ ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.