3 years ago
September 7, 2022
एजेन्सी – इंग्ल्यान्डका आक्रामक ओपनर एलेक्स हेल्स तीन वर्षपछि टोलीमा फर्किएका छन् । ओपनर जोनी बेयरस्टो चोटका कारण आगमी अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकप गुमाएपछि इंग्ल्यान्डले उनको स्थानमा हेल्सलाई बोलाएको छ ।

हेल्स २०१९ को एकदिवसिय विश्वकपको मुखमै लागु औसध सेवनको कारण टोलीबाट बाहिरिएका थिए । घरेलु टोली इंग्ल्यान्डले उपाधि जित्दा उनी टोलीमा थिएनन् । त्यसपछि इंग्ल्यान्डले उनलाई पुन : मौका दिएको थिएन । तर हेल्सले घरेलु क्रिकेट र टि२० फ्रेन्चाइज लिगमा सानदार प्रदर्शन गर्दै आएका थिए ।
उच्च लय र अनुभवको कारण उनी टोलीमा फर्किएका हुन् । हेल्सले इंग्ल्यान्डबाट ११ टेस्ट, ७० ओडिआई र ६० टि२० आई खेलेका छन् । टि२० आईमा उनले एक शतक र ८ अर्धशतकसहित कुल १ हजार ६ सय ४४ रन बनाएका छन् । हेल्स इंग्ल्यान्डबाट टि२० आईमा शतक हान्ने पहिलो खेलाडी समेत हुन् ।

टि२० विश्वकप अघि इंग्ल्यान्डले पाकिस्तानसँग ७ टि२० आई सिरिज खेल्नेछ । हेल्सको लागि पाकिस्तानको सिरिज महत्वपूर्ण हुनेछ । उक्त सिरिज २० सेप्टेम्बरदेखि २ अक्टोबर सम्म हुनेछ । त्यसपछि ९ अक्टोबर देखि १५ सम्म अक्टोबरसम्म अष्ट्रेलियासँग तीन टि२० आई सिरिज खेल्ने कार्यक्रम छ ।
विश्वकपमा इंग्ल्यान्ड सुपर १२ को समूह १ मा छ । इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान र पहिलो चरणबाट आउने दुई टोली हुनेछन् । इंग्ल्यान्डले २२ अक्टोबरमा अफगानिस्तानसँग खेल्दै सुरुवात गर्नेछ । टि२० विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । इंग्ल्यान्ड उपाधिको दाबेदार हो ।
इंग्ल्यान्डको टि२० विश्वकप खेल्ने टोली :
जस बटलर (कप्तान), मोईन अली, एलेक्स हेल्स, ह्यारी ब्रुक, साम करन, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, फिलिप साल्ट, बेन स्टोक्स, रिस टोप्ली, डेविड विल्ली, क्रिस वोक्स र मार्क वुड ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]