default_image

3 years ago

September 8, 2022

सन्दीप राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

378 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बलात्कार गरेको आरोप लागेपछि सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको छ ।

सन्दीपविरुद्ध उजुरी परेको सार्वजनिक भएको दुईदिनपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा क्यानको कार्यसम्पादन समितिको निर्णयले सन्दीपलाई निलम्बन गरेको कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले प्रमाणहरू संकलन गर्न थालेको जनाएको थियो । प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको बताएको छ । होटलमा करिब ७ घन्टा बसेर भदौ ६ गते बिहान ६ः४६ मा उनीहरु होटलबाट फकिएको फुटबजमा देखिएको बताइएको छ । सन्दीपलाई पक्राउ गर्न बिहीबार पक्राउ पुर्जी समेत जारी भइसकेको छ ।

नेपाली क्रिकेट टोली भदौ ६ गते मा केन्या प्रस्थान गरेको थियो । उक्त समयमा सन्दीप सहित ११ खेलाडी केन्या गएका थिए । केन्यासँगको पाँच टि२० आई सिरिज नेपालले ३–२ ले जितेको थियो । कप्तान सन्दीप टि२० आई सिरिजमा प्लेयर अफ द सिरिज चुनिएका थिए ।

सन्दीपले केन्यासँगको तीन एकदिवसिय अभ्यास खेल भने खेलेका थिएनन् । क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्जि गएपछि तीन एकदिवसिय अभ्यास खेल गुमाएका थिए । रोहित पौडेलको कप्तानीमा नेपालले उक्त सिरिज क्लिनस्विप गरेको थियो । सिपिएलमा सन्दीप जमैका तलवाजको टोलीमा छन् । तर यता बलात्कारको आरोप लागेपछि उनी नेपाल फर्किने सम्भावना छ । सन्दीपबाहेकको टोली बुधबार स्वदेश आइसकेको छ ।

सन्दीपको कप्तानीमा नेपालले गत वर्ष ओमानमा टि२० विश्वकप छनोटमा सेमिफाइनल युएईसँग पराजित हुँदै आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप गुमाएको थियो । सन्दीपले नेपालबाट १४ ओडिआई खेलमा कप्तानी गर्दा ४ मा जित, ९ मा हार र १ मा टाई गराएका छन् । टि२० आईमा भने सन्दीपले १८ खेलमा १३ मा जित र ५ मा हार बेहोरेका छन् । नौ महिना उनको कप्तानी औसत रहँदै आएको थियो ।

सन्दीपले २०१६ मा कीर्तिपुर मैदानमा नामिबियाविरुद्ध लिष्ट ए मार्फत नेपाली क्रिकेटमा डेब्यू गरेका थिए । त्यसपछि सन्दीपले नेपालबाट ३० ओडिआई, ४४ टि२० आई र ५४ लिष्ट ए खेल खेलेका छन् । सन्दीपले ओडिआईमा ६९ विकेट लिनुको साथै १ सय ७० रन बनाएका छन् । टि२० आईमा सन्दीपले ८५ विकेट लिएका छन् ।

२०१६ को यू–१९ विश्वकपबाट उदाएका सन्दीप नेपाली क्रिकेट टोली, इन्डियन प्रिमियर लिग (आइपिएल), बिग ब्यास लिग लगायत विश्व चर्तित विदेशी टि२० फ्रेन्चाइज लिग हुँदै ६ वर्षमा नेपाली टोलीको नेतृत्व गरेका थिए ।

सन्दीपले २०१६ को यू१९ विश्वकपमा ह्याट्रिकसहित ६ खेलमा १४ विकेट लिँदै विश्व क्रिकेटमा सनसनी मच्चाएका थिए । २०१६ मा श्रीलंकामा भएको यू–१९ एसिया कपमा नेपालको नेतृत्व गरेका थिए ।

२०१७ मा सन्दीपलाई हटाएर नेपालले दीपेन्द्रलाई यू–१९ को कप्तानी जिम्मेवारी दिएको थियो । दीपेन्द्रको कप्तानीमा नेपाली यू–१९ टोलीले २०१७ मा भारतीय यू–१९ टोलीलाई १९ रनले हराउँदै सनसनी मच्चाएको थियो । २०१९ मा पारसले छाडेपछि दीपेन्द्र नेपालको उपकप्तान बनेका थिए ।

तर अनुशासनको कारण क्यानले ज्ञानेन्द्रसँगै दीपेन्द्रलाई हटाएको थियो । सन्दीप पोखरा प्रिमिपर लिग, काठमाडौं मेयर्स कप र एभरेष्ट प्रिमियर लिगमा पनि कप्तानी गरिसकेका छन् । रोहित पौडेलले कप्तानी सम्हाल्ने सम्भावना छ । उनले सन्दीपको अनुपस्थीतिमा यसै साता केन्यासँगको तीन एकदिवसिय अभ्यास खेलमा कप्तानी गर्दै क्लिनस्विप गराएका थिए । रोहित उप कप्तान रहँदै आएका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.