default_image

2 years ago

September 7, 2022

फाइनलमा पुग्न पाकिस्तानलाई मध्यम लक्ष्य

137 views

0 Bookmark

एजेन्सी – अफगानिस्तानले टि२० एसिया २०२२ को सुपर फोरमा फाइनलमा पुग्न पाकिस्तानलाई १ सय ३० रनको मध्यम लक्ष्य दिएको छ । शारजाहमा टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २९ रन बनायो ।


अफगानिस्तानका इब्राहिम जद्रानले ३७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन बनाए । अफगानिस्तानले सुरुवात भने राम्रो गरेको थियो । पहिलो विकेटका लागि हज्रातुल्लाह जजाई र रहमानुल्लाह गुरबाजले ३.५ ओभरमा ३६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । हरिस रौफले गुरबाजलाई १७ रनमा बोल्ड गर्दै पहिलो सफलता दिलाए ।

उनले ११ बलमा २ छक्का हाने । अर्को ओभरमा जजाईलाई मोहम्मद हसनैनले २१ रनमा बोल्ड गरे । जजाईले १७ बलमा ४ चौका प्रहार गरे । त्यसपछि अफगानिस्तान खेलमा फर्किन सकेन । करिम जन्नत १५, नाजिबुल्लाह जद्रान १० र मोहम्मद नाबी शून्यमा आउट भए ।

राशिद खान १५ बलमा २ चौका र १ छक्कासहित १८ रनमा अविजित रहे । पाकिस्तानका हरिस रौफले ४ ओभरमा २६ रन खर्चेर सर्वाधिक २ विकेट लिए । मोहम्मद नवाजले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । शादब खानले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । मोहम्मद हसनैनले ४ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए । नसिम शाहले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए ।

पाकिस्तान यस खेलमा विजयी हुँदा फाइनलमा पुग्नेछ । पाकिस्तानको जितले श्रीलंका पनि फाइनलमा पुग्ने हुँदा अफगानिस्तान र भारत भने बाहिरिनेछन् । भारत सुपर फोरमा पाकिस्तानसँग ५ विकेट र श्रीलंकासँग ६ विकेटले पराजित भएपछि फाइनलको सम्भावना झिनो अंक गणीतिय मात्र बाँकी छ । भारत पाकिस्तानको दुबै हार चाहन्छ ।

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.