default_image

3 years ago

September 7, 2022

दुबै कप्तान गोल्डेन डक आउट

197 views

0 Bookmark

एजेन्सी – पाकिस्तानका कप्तान बाबर आजम टि२० एसिया कप २०२२ को सुपर फोरमा अफगानिस्तानविरुद्ध गोल्डेन डक आउट भएका छन् ।

तीव्र गतिका बलर फजलहक फारुकीले पहिलो ओभरको दोस्रो बलमै बाबर आजमलाई एलबीडब्लू आउट गर्दै पेभेलिएन फर्काए । जितको लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले पहिलो ओभरमा एक विकेट गुमाउँदै ६ रन बनाएको छ ।

पाकिस्तानका मोहम्मद रिजवान १ र फखार जमान ५ रनमा क्रिजमा छन् । त्यसअघि शारजाहमा टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २९ रन बनायो । अफगानिस्तानका कप्तान मोहम्मद नाबी पनि गोल्डेन डक आउट भएका थिए । नाबीलाई नसिम शाहले बोल्ड गरेका थिए ।

अफगानिस्तानका इब्राहिम जद्रानले ३७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन बनाए । पहिलो विकेटका लागि हज्रातुल्लाह जजाई र रहमानुल्लाह गुरबाजले ३.५ ओभरमा ३६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । हरिस रौफले गुरबाजलाई १७ रनमा बोल्ड गर्दै पहिलो सफलता दिलाए ।

उनले ११ बलमा २ छक्का हाने । अर्को ओमरमा जजाईलाई मोहम्मद हसनैनले २१ रनमा बोल्ड गरे । जजाईले १७ बलमा ४ चौका प्रहार गरे । त्यसपछि अफगानिस्तान खेलमा फर्किन सकेन ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.