default_image

3 years ago

September 7, 2022

पाकिस्तानको जितसँगै भारत बाहिरियो

348 views

0 Bookmark

एजेन्सी – उपाधिको प्रमुख दाबेदार मानिएको भारत युएईमा जारी टि२० एसिया कप २०२२ को सुपर फोरबाटै बाहिरिएको छ । बुधबार राती पाकिस्तानले अफगानिस्तानलाई एक विकेटले हराएसँगै भारत औपचारिक रुपमा बाहिरिएको हो ।

भारत सुपर फोरमा अंक विहीन छ । तर श्रीलंका र पाकिस्तान समान ४–४ अंकका साथ फाइनलमा पुगेका छन् । भारतले बिहीबार अफगानिस्तानसँग खेल्नेछ । यी दुई टोली मध्य विजयी टोलीको दुई अंक मात्र हुनेछ ।

भारत सुपर फोरमा पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । उक्त खेलमा भारतले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । दोस्रो खेलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो ।

भारतले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । श्रीलंकासँगको हारसँगै भारतको फाइनल सम्भावना सकिएको थियो । अंक गणीतिय झिनो सम्भावना मात्र थियो । दुबै खेल पाकिस्तानले हारेको खण्डमा मात्र भारत फाइनलमा पुग्ने थियो । तर पाकिस्तानको जितसँगै भारत बाहिरिएको छ ।

पाकिस्तानले अन्तिम खेलमा शुक्रबार श्रीलंकासँग खेल्नेछ । उक्त खेलले कुन टोली शीर्ष र दोस्रो स्थानमा रहने निर्धारण गर्नेछ । आइतबार श्रीलंका र पाकिस्तान नै उपाधिको लागि खेल्नेछन् ।

बुधबार पाकिस्तानले अफगानिस्तानमाथि एक विकेटको रोमान्चक जित हात पार्यो । जितको लागि पछ्याएको १ सय ३० रनको लक्ष्य पाकिस्तानले १९.२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।

पाकिस्तानलाई अन्तिम ६ बलमा ११ रन चाहिँएको थियो । क्रिजमा नसिम शाह थिए । नसिमले फजलहक फारुकीलाई पहिलो र दोस्रो बलमा छक्का हान्दै पाकिस्तानलाई अविस्मरणीय फाइनलमा पुर्याए ।

खेलको पूरा समाचार यहाँपढ्नुहोस् : नसिम नायक बन्दा पाकिस्तान फाइनलमा

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.