default_image

3 years ago

September 8, 2022

सन्दीपविरुद्धको उजुरीमा आइसिसीको गम्भिर चासो

198 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध लागेको आरोपका बारेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले गम्भिर चासो राखेको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवहाक महासचिव प्रशान्त विक्रम मल्लले आइसिसीका शीर्ष अधिकारीले नै बारम्बार सन्दीपविरुद्धको उजुरीको विषयमा चासो लिएको बताएका छन् ।

‘आइसिसीको टप अथोरिटीबाट बारम्बार बुझ्ने काम भएको छ । मैले यहाँको अवस्थाको बारेमा जानकारी दिएको छु । उहाँहरुले के भएको हो भन्ने बुझ्न चाहनुभएको थियोे,’ कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार सुरु भएको नवौ राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको उद्घाटनका दौरान मल्ले भने भने,‘ मैले यहाँको अवस्था जानकारी दिएको छु । यो मुद्दामा के हुन्छ भन्ने उहाँहरुले चासो राख्नुभएको हो । नाबालिग किशोरीलाई बलत्कार गरेको भन्ने जाहेरी परेको बताए । उहाँहरु पनि यसमा सिरिसय हुनुहन्छ ।’

भदौ ५ गते राती एक होटल मा आफू माथि पटक पटक बलत्कार गरेको भन्दै १७ वर्षे किशोरले मंगलबार किटानी जाहेरी दिएको उल्लेख गर्दै नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको थियो । सन्दीप सिपिएल खेल्ने क्रममा वेस्ट इन्डिजमा छन् ।

के भन्छन् सन्दीप ?
क्यानका कार्यवहाक सचिव मल्लले बुधबार राती सन्दीपसँग सम्पर्क भएको बताएका छन् । ‘क्यानकोतर्फबाट मैले नै उनलाई सम्पर्क गरेको थिए । तिमीविरुद्ध उजुरी परेको छ । युवतीले बलत्कारको आरोप लगाएकी छन् भने । मैले थाहा पाएको छु भने । मेरो संलग्नता छैन भन्ने उनको भनाई थियो,’ मल्लले अगाडि भने, तिम्रोविरुद्ध मुद्दा नै परिसक्यो भने । यसमा क्यानले कानुनी उपचारका लागि सहयोग गर्नुपर्यो भन्ने उनको आग्रह थियो । प्रतिष्ठित वकिल हाएर गर्दिनुपर्यो भन्ने उनको कुरा थियो ।’

मल्लले आफूले अब सन्दीपलाई फर्कनुपर्ने होला भनेको पनि बताएका छन् । मल्लले भने ‘उनले सिपिएल भ्याएर मात्र फर्कन्छु भने ।’ अनि तिम्रो टिमलाई यहाँको विषयमा थाहा छ भनेर पनि आफूले जिज्ञासा राखेको मल्लेले बताए । मल्लले थपे ‘सन्दीपले टिमले पनि थाहा पाएको र उनीहरुले त्यस्तो केहि समस्या छैन भनेको सुनाए ।’

के भन्छ क्यान ?
सन्दीपका विषयमा नेपाल प्रहरीले औपचारिक रुपमा केहि नभनेको पनि कार्यवहाक सचिव मल्ले बताए । हाम्रो खेलाडी हो । अपराध गरेको छ भने ढाकछोप र बचाउ गरिन्न,’ मल्लले भने,‘ अपराधी हो भने पनि राज्यको कानुन अनुसार उपचार खोज्ने उसको अधिकार हो । हामी अभिभावक हौं । उसको लागि क्यानले वकिल खोज्दिने सहजीकरण गर्छ । बाँकी वकिलले गर्ने काम हो ।’

प्रहरीले सन्दीपविरुद्ध मुद्दा दर्ता गरिनसकेकोले क्यानले कुनै कदम नचालेको पनि मल्लले प्रष्ट पारे । ‘पुलिसमा जोहरी परेको छ। अनुसन्धान गरिरहेको छ । पुलिसले मुद्दा दर्ता गरेको छैन । त्यसकै आधारमा बर्खास्त गर्दा भोली केस अघि बढाएन र फेक रैछ भने त्यो हतारको निर्णय हुनेछ,’ उनले भने,‘ त्यसैले हामी पर्ख र हेरको अवस्थामा छौं । हामी पुलिसको समन्वयमा छौं । हिजो गएर भेट्यौं । उहाँहरुले पनि प्रारम्भिक अनुसन्धान भइरहेको छ भन्नुभयो । कानुनी प्रक्रिया जसरी अघि बढ्छ त्यसरी नै क्यान अघि बढ्छ ।’

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.