default_image

3 years ago

September 8, 2022

वर्षाको कारण पहिलो दिन तीन खेल रद्ध

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वर्षाको कारण आजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा पहिलो दिन तीन खेल रद्ध भएका छन् । चार मध्य तीन खेलमा रद्ध भएपछि सबै टोलीले एक एक अंक बाँडेका छन् ।

पहिलो खेलमा टियु मैदानमा एनआरएनए एकेडेमीले सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराएको थियो । वर्षाको कारण खेल ६–६ ओभरमा झारिएको थियो । टियुमै दोस्रो खेलमा बागमती प्रदेश र प्रदेश–१ बीच टस पनि हुन नपाई रद्ध भयो ।

उता मुलपानीमा भने विहान देखिनै खेल्न योग्य रहेन । पहिलो खेलमा मधेश प्रदेश र गण्डकी प्रदेशले अंक बाँडे । दोस्रो खेलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशले पनि वर्षाको कारण अंक बाँडे । दुबै खेल टस पनि हुन नपाई अंक बाँड्नु परेको थियो ।

शुक्रबार पनि चार खेल हुनेछन् । तर मुलपानीमा भने बिहीबारको वर्षाले नै खेल हुनेमा शंका छ । शुक्रबार मुलपानीमा पहिलो खेल नेपाल पुलिस क्लब र मधेश प्रदेशबीच हुनेछ । दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र कर्णालीबीच हुनेछ । यता शुक्रबार टियुमा एनआरएनए र एपिएफबीच पहिलो खेल हुनेछ । दोस्रो खेलमा सुदूरपश्चिम र बागमती प्रदेशबीच हुनेछ ।

समूह ए मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश हुनेछन् । समूह बी मा एनआरएनए नेपाल, सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र नेपाल एपिएफ क्लब छन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल भदौ ३० र फाइनल भदौ ३१ मा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.