3 years ago
September 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटकै उत्कृष्ट मध्यका तीव्र गतिका अस्ट्रेलियन बलर ब्रेट ली नेपाल आइपुगेका छन् । नेपाल टि २० लिगको दुतका रुपमा उनी नेपाल आइपुगेको बुझिएको छ ।

क्यानका जनरल म्यानेजर वृत्तान्त खनालले आफ्नो व्यक्तिगत सामाजिक संजालमा लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको तस्विर सार्वजनिक गरिसकेका छन् । तर यो समाचार तयार पार्दासम्म क्यानले यसबारे कुनै अधिकारिक जानकारी दिएको छैन । ली आउनेबारे यसअघि नै चर्चा रहेपनि संचारमाध्यमले सोध्दा क्यानले एकैपटक घोषणा गर्ने बताएको थियो ।
ली आउने कार्यक्रम आम समर्थकहरुलाई पनि चासोको विषय रहने अनुमानका साथ उनको आगमनबारे सोध्दा क्यानले कुनै जवाफ दिएको थिएन । तर जनरल म्यानेजरले भने आफ्नो फेसबुकमा एक समर्थकको रुपमा सपना पूरा भएको लेखेका छन् । उनले क्यानलाई पनि धन्यवाद दिएका छन् ।

ली नेपाल टि२० को दुतको रुपमा नेपाल आएको बुझिएको छ । यसबारे क्यानले केहि दिनमा नै कार्यक्रम गर्ने तयारी गरेको छ । क्यान आफैंले निकै गोप्य राख्ने भन्दै संचारमाध्यमलाई पनि एकैपटक औपचारिक घोषणामा सार्वजनिक गर्न आग्रह गरेको विषयलाई कर्मचारीले व्यक्तिगत रुपमा प्रयोग गर्नुले भने क्यानभित्र समन्वय अभाव कमी रहेको प्रष्ट देखिन्छ ।
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसंग प्रायोजन सम्झौता गरेको छ । काठमान्डु गोर्खाजले मंसिर १ गते देखि सुरु हुने दोस्रो एनपिएलमा प्रतिस्पर्धा गर्दैछ । केआइइसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षिक परामर्श दिदै […]
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेट समर्थक बीच परिचित प्रशिक्षक पुबुदु दासानायकेले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा विराटनगर किङ्सको कमान सम्हाल्ने भएका छन्। पुबुदुकै प्रशिक्षणमा जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करण जितेको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदुसँग अनुबन्ध भएको विराटनगर किङ्सले जनाएको छ। एसोसिएट क्रिकेटका लागि परिचित पुबुदु अमेरिकी क्रिकेट टोलीको प्रशिक्षक […]
November 9, 2025
धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। धनगढी स्थित क्याफेमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो। क्याफेले विनोदको लोकप्रियता, खेलकुदमा समर्पण र सुदूरपश्चिमका युवामाझ उनको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाएको छ। ब्रेड बक्सले आफै स्थानीय […]