2 years ago
May 10, 2024
एजेन्सी – आयरल्यान्डमा आज देखि सुरु भएको तीन खेलको टि-२० शृंखलाको पहिलो खेलमा घरेलु टोलीले पाकिस्तानलाई स्तब्ध बनाएको छ । कोल्नटार्फ क्रिकेट क्लब डब्लिनमा शुक्रबार भएको खेलमा आयरल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराएको हो ।
पाकिस्तानले दिएको १ सय ८३ रनको लक्ष्य आयरल्यान्डले १ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । १९औं ओभरमा सेट ब्याटर एन्ड्रयू बालबर्नी आउट भएपछि केही कठिन देखिएको अवस्थाबाट क्रिजमा आएका कर्टिस क्याम्फरले आयरल्यान्डलाई जित दिलाए । पहिलो बलमा नै चौका प्रहार गरेका उनले अन्तिम ओभरमा पनि ११ रन चाहिएको अवस्थामा अर्को २ चौका प्रहार गर्दै जित दिलाए ।
बालबर्नीले ५५ बलमा सर्वाधिक ७७ रन बनाए । ह्यारी टेक्टरले २७ बलमा ३६ रन जोड्दा जर्ज डकरेलले २४ रन बनाए । क्यामफर ७ बलमा १५ रन बनाउँदै नटआउट रहे ।
पाकिस्तानका लागि अब्बास अफ्रिदीले २ विकेट लिए ।शाहिन अफ्रिदीले, नसीम शाह र इमाद वासिमले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८२ रन जोड्यो । पाकिस्तानका कप्तान बाबर आजमले ४३ बलमा सर्वाधिक ५७ रन बनाए । सैम अयुबले ४५ रन बनाए । इफ्तिकर अहमदले ३७ रन जोडे ।
आयरल्यान्डका लागि क्रेज योङले २ तथा मार्क एडेयर र ग्यारेथ डिलेनीले १-१ विकेट लिए ।
शृंखलाको दोस्रो खेल आइतबार हुनेछ ।
आयरल्यान्ड र पाकिस्तान आउँदो टि ट्वान्टी विश्वकपमा एकै समूहमा छन् । यी दुई टोली रहेको समूह ए मा भारत, क्यानडा र अमेरिका पनि छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]