default_image

2 years ago

September 8, 2022

१ हजार २१ दिनपछि कोहलीको कीर्तिमानी शतक

141 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर विराट कोहलीको १ हजार २१ दिनपछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् । कोहलीले तीन वर्षदेखिको खडेरीलाई तोड्दै टि२० एसिया कप २०२२ को सुपर फोर खेलमा अफगानिस्तानविरुद्ध सानदार कीर्तिमानी शतक हानेका छन् ।

कोहलीको शतकमा भारतले दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १२ रन बनायो । विराट कोहली ६१ बलमा १२ चौका र ६ छक्कासहित १ सय २२ रनको सानदार अविजित शतकीय इनिङ खेले ।

कोहलीको यो टि२० आई करिअरको पहिलो शतक हो । भारतबाट टि२० आईमा एक खेलमा बनेको यो ब्यक्तिगत उच्च स्कोर समेत हो । यसअघि रोहित शर्माले २०१७ मा श्रीलंकाविरुद्ध १ सय १८ रनको शतकीय इनिङ खेलेका थिए । जुन भारतको टि२० आईमा उच्च योगफल रहँदै आएको थियो । गत जुलाईमा सूर्यकुमार यादवले इंग्ल्यान्डविरुद्ध १ सय १७ रनको शतकीय इनिङ खेलेका थिए ।

यो कोहलीको अन्तर्राष्ट्रिय करिअरको ७१ औं शतक हो । कोहलीले १९ औं ओभरको दोस्रो बलमा फरिद अहमदलाई छक्का हान्दै १ हजार २१ दिनपछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक पूरा गरेका थिए । कोहलीले ५३ बलमा आफ्नो टि२० आई करिअरको शतक पूरा गरेका थिए ।

जारी एसिया कपमा कोहलीले यसअघि हङकङ र पाकिस्तानविरुद्ध लगातार दुई अर्धशतक हानेका थिए । एसिया कप अघि भने खराब लयको कारण भारतले कोहलीलाई एक महिना विश्राम दिएको थियो ।

पछिल्लो समय कोहलीको चर्को आलोचना हुँदै आएको थियो । एक समय त कोहलीलाई टि२० विश्वकपबाट हटाउनु पर्ने माग समेत उठ्दै आएको थियो । तर कप्तान रोहित शर्माले साथ दिँदै आलोचकलाई कडा जवाफ दिँदै निरन्तरता दिएका थिए । तर एसिया कपबाट सानदार पूनरागमन गरेका छन् ।

कोहलीले पछिल्लो पटक शतक टेस्टमा सन् २०१९ नोभेम्बर २२ मा कोलकातामा बंगलादेशविरुद्ध १ सय ३६ रनको शतकीय इनिङ खेलेका थिए । त्यसपछि कोहलीले कुनैपनि शैलीमा शतक हान्न सकेका थिएनन् ।

कप्तान लोकेश राहुल ४१ बलमा ६ चौका र २ छक्कासहित ६२ रनमा आउट भए । रोहित शर्मालाई विश्राम दिँदा राहुलले भारतको कप्तानी गरेका छन् । पहिलो विकेटका लागि राहुल र कोहलीले १२.४ ओभरमा १ सय १९ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । भारत एसिया कपको फाइनल यात्राबाट भने बाहिरि सकेको छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.