default_image

3 years ago

September 10, 2022

करण फार वेस्टर्न युनाइटेडको मार्की खेलाडी

198 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलिङ अलराउन्डर करण केसीलाई नेपाल टि२० लिगमा फार वेस्टर्न युनाइटेडले मार्की खेलाडीको रुपमा नियुक्त गरेको छ । शनिबार पहिलो राउन्ड ड्राफ्टमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् ।

युनाइटेडले करणलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । करणले गत वर्ष एभरेष्ट प्रिमियर लिगमा विराटनगर वारियर्सको कप्तानी गरेका थिए । त्यसैले करणले २०१९ धनगढी प्रिमियर लिगमा विराटनगर किंग्सको कप्तानी गरेका थिए ।
काठमाण्डु कान्तिपुरले ज्ञानेन्द्र मल्ललाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।

अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई लुम्बिनी अलस्टार्सले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । रोहित पौडेल विराटनगर सुपरकिंग्स र तीव्र गतिका बलर सोमपाल कामीलाई जनकपुर रोयल्सले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेका छन् । पोखरा एभेन्चर्सले आसिफ शेखलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । शरद भेषावकरलाई पनि पोखराले नै अनुबन्ध गरेको छ ।

दोस्रो राउन्डको ड्राफ्ट आइतबार हुनेछ । दोस्रो राउन्डमा ९२ खेलाडीबाट अनुबन्ध गर्नुपर्ने हुन्छ । जसमध्य ७ खेलाडी ए ग्रेडमा बिकेका छन् । ड्राफ्टमा ए ग्रेडमा कुल १३ खेलाडीले भोरेका थिए । सन्दीप लामिछानेलाई ड्राफ्टबाट हटाइएको थियो । बी ग्रेडमा २४ र सी ग्रेडमा ३६ खेलाडी अनुबन्ध हुनेछन् ।

एक फ्रेन्चाइज टोलीले बी बाट ४ र सी बाट ६ खेलाडी अनुबन्ध गर्न पाउँछन् । नेपाल टि२० लिग आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म आयोजना हुँदैछ । प्रतियोगितामा ए ग्रेडका खेलाडीले १५ लाख, बी ग्रेडका १० लाख र सी ग्रेडका ५ लाख रुपैयाँ पाउने छन् । एक टोलीमा ११ नेपाली खेलाडी र ५ विदेशी खेलाडी राख्दै टिम निर्माण गर्नुपर्ने हुन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.