default_image

3 years ago

September 10, 2022

टसमा निर्भर एसिया कप च्याम्पियन

217 views

0 Bookmark

एजेन्सी – युएईमा जारी टि२० एसिया कप २०२२ को फाइनलमा आइतबार पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आइतबार साँझ ७ : ४५ मा दुबई इन्टरनेशल स्टेडियममा सुरुहुनेछ । पाकिस्तान र श्रीलंका दुबै उपाधि जित्ने सोचमा मैदान प्रवेश गर्नेछन् ।

श्रीलंका सुपर फोरमा अपराजित रहँदै फाइनल खेलेको थियो । पाकिस्तान भने सुपर फोरमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो ।

तर फाइनलमा टसले धेरै निर्भर पार्ने देखिन्छ । युएईमा टस निर्णायक बन्दै आएको छ । सुपर फोरका ६ मध्य ५ खेलमा टस हारेर पहिला ब्याटिङ गर्ने टोली पराजित भएका छन् । विजयी लक्ष्य पछ्याउने टोली नै हाबी भएका छन् । सुपर फोरमा पहिला ब्याटिङ गर्दै भारतले विराट कोहलीको शतकमा अफगानिस्तानविरुद्ध २ सय १२ रन बनाएको थियो ।

भारतले अफगानिस्तानलाई १ सय १ रनले हराएको थियो । टस हारेर पहिला ब्याटिङ गर्ने टोली सुपर फोरमा विजयी भएको यो मात्र खेल हो । समूह चरणका ६ मध्य चार खेलमा लक्ष्य पछ्याउँदा टोली विजयी भएका थिए । पहिला ब्याटिङ गरेर हङकङविरुद्ध भारत र पाकिस्तान विजयी भएका थिए । उपाधिको प्रमुख दाबेदार भारत पाकिस्तान र श्रीलंकासँग सुपर फोरमा टस हार्दै पहिला ब्याटिङ गर्यो ।

पाकिस्तानविरुद्ध भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन बनाएपनि पाँच विकेट पराजित भयो । उक्त लक्ष्य पाकिस्तानले एक बल अगाडि पूरा गरेको थियो । समूह चरणमा भने पाकिस्तान भारतसँग पहिला ब्याटिङ गर्दै पराजित भएको थियो । श्रलंकाविरुद्ध पनि टस हार्दै पहिला ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै १ सय ७३ रन बनाएपनि एक बल अगाडिनै पराजित भयो ।

उता अफगानिस्तानले श्रीलंकाविरुद्ध पहिला ब्याटिङ गर्दै १ सय ७६ रन बनाएपनि बचाउन सकेन । समूह चरणमा श्रीलंका पहिला ब्याटिङ गर्दै अफगानिस्तानसँग १ सय ५ रनमा अल आउट भएको थियो । सुपर फोरमै पाकिस्तान श्रीलंकाविरुद्ध पहिला ब्याटिङ गर्दै १ सय २१ रनमा अल आउट भएको थियो ।

त्यसैले आइतबार टस च्याम्पियन बन्न निर्णायक बन्ने देखिन्छ । समूह चरणमा बंगलादेशले प्रस्तुत गरेको १ सय ८४ रनको लक्ष्य चार बल अगाडिनै पूरा गरेको थियो । पाकिस्तान समूह चरणमा भारतसँग पहिला ब्याटिङ गर्दै पराजित भएको थियो ।


विश्वकपमा पनि टस निर्णायक

गतवर्ष टि२० विश्वकप युएईमानै भएको छ । सेमिफाइनल र फाइनल दुबैमा विजयी लक्ष्य पछ्याउने टोली विजयी भएका थिए । इंग्ल्यान्ड न्युजिल्यान्डसँग ५ विकेटले स्तब्ध भएको थियो । पाकिस्तान सेमिफाइनलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो ।

फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले हराएको थियो । गतवर्ष आइपिएलमा पनि टस जित्ने टोलीनै हाबी भएका थिए । टस जित्ने टोलीले पहिला फिल्डिङ गर्दै लक्ष्य पछ्याउन खोज्नेछन् । दोस्रो इनिङमा ब्याटिङ गर्नेलाई धेरै फाइदा मिल्ने देखिन्छ ।

पहिला फिल्डिङ गर्ने टोली फाइनलमा हाबी हुने देखिन्छ । त्यसैपनि फाइनलको दबाब अझ अतिरिक्त हुने गर्दछ । श्रीलंका लक्ष्य पछ्याउन खोज्नेछ । पछिल्ला चार खेलमा श्रीलंकाले लगतार विजयी लक्ष्य पछ्याउँदै पूरा गरेको थियो । विशाल लक्ष्य लगातार पूरा गरेको हुँदा श्रीलंकाको मनोबल उच्च छ ।

ओपनर पाथुम निसंका, कप्तान दासुन शनका र कुशल मेन्डिसले उच्च प्रदर्शन गरेका छन् । यी तीन खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । मध्यक्रममा धनुष्का गुणाथिलका भानुका राजपक्षे र वानिन्दु हसरंगा पनि नायक बन्न सक्छन् । श्रीलंकाको मुख्य हतियार स्पिन आक्रामण हो । वानिन्दु हसरंगा र महेथ थिक्सेना छन् ।

थिक्सेना पावर प्ले र हरसंगा मध्यक्रम ध्यवस्त बनाउन खोज्नेछन् । धनन्जय डि सिल्भा तेस्रो स्पिनर हुनेछन् । तीव्र गतिका बलरमा दिलशान मदुशनका घातक बन्न सक्छन् ।

यता पाकिस्तान कप्तान बाबर आजमबाट फाइनलमा उच्च प्रदर्शन चाहन्छ । बाबरको एसिया कप सम्झन लायक छैन । मोहम्मद रिजवान र बाबरको प्रदर्शनमा पाकिस्तानको ब्याटिङ धेरैनिर्भर रहनेछ । इफ्तिखार अहमदको स्थानमा हैदर अलीलाई मौका दिनसक्छ ।


आसिफ अली र खुशदिल शाह पाकिस्तानका हिटर हुन् । साबद खान र मोहम्मद नवाज प्रमुख स्पिनर हुन् । यी दुबै खेलाडी ब्याटिङ पनि राम्रो गर्ने गर्दछन् । पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण उत्कृष्ट छ । नसिम शाह, मोहम्मद हसनैन र हरिस रौफ पाकिस्तानका तीव्र गतिका बलिङ हतियार हुनेछन् ।

हेड टु हेड :

पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ टि२० आई खेल भएको छ । जसमा पाकिस्तान १३ र श्रीलंका ७ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच टि२० आई खेलमा श्रीलंका ४ र पाकिस्तान एक खेलमा विजयी भएका छन् । पाकिस्तानले श्रीलंकालाई पछिल्लो पटक २०१७ मा टि२० आईमा पराजित गरेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.