default_image

2 years ago

September 11, 2022

एसिया कप : उपाधिको लागि पाकिस्तान र श्रीलंका भिड्दै

287 views

0 Bookmark

एजेन्सी – युएईमा जारी टि२० एसिया कप २०२२ को फाइनलमा आज उपाधिको लागि पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आइतबार साँझ ७ : ४५ मा दुबई इन्टरनेशल स्टेडियममा सुरुहुनेछ । पाकिस्तान र श्रीलंका दुबै उपाधि जित्ने सोचमा मैदान प्रवेश गर्नेछन् ।

श्रीलंका सुपर फोरमा अपराजित रहँदै फाइनल खेलेको थियो । पाकिस्तान भने सुपर फोरमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । पहिला फिल्डिङ गर्ने टोली फाइनलमा हाबी हुने देखिन्छ । त्यसैपनि फाइनलको दबाब अझ अतिरिक्त हुने गर्दछ । श्रीलंका लक्ष्य पछ्याउन खोज्नेछ ।

पछिल्ला चार खेलमा श्रीलंकाले लगतार विजयी लक्ष्य पछ्याउँदै पूरा गरेको थियो । विशाल लक्ष्य लगातार पूरा गरेको हुँदा श्रीलंकाको मनोबल उच्च छ । श्रीलंकाले बंगलादेश, भारत, पाकिस्तान र अफगानिस्तानलाई हराउँदै फाइनलमा पुगेको छ ।

ओपनर पाथुम निसंका, कप्तान दासुन शनका र कुशल मेन्डिसले उच्च प्रदर्शन गरेका छन् । यी तीन खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । मध्यक्रममा धनुष्का गुणाथिलका भानुका राजपक्षे र वानिन्दु हसरंगा पनि नायक बन्न सक्छन् । शनकाले उत्कृष्ट अन्त्य गर्दै आएका छन् ।

ओपनरमा पाथुम र फिनिसरमा शनका नायक बन्नसक्छन् । श्रीलंकाको मुख्य हतियार स्पिन आक्रामण हो । वानिन्दु हसरंगा र महेथ थिक्सेना छन् । थिक्सेना पावर प्ले र हरसंगा मध्यक्रम ध्यवस्त बनाउन खोज्नेछन् । धनन्जय डि सिल्भा तेस्रो स्पिनर हुनेछन् । तीव्र गतिका बलरमा दिलशान मदुशनका घातक बन्न सक्छन् ।

यता पाकिस्तान कप्तान बाबर आजमबाट फाइनलमा उच्च प्रदर्शन चाहन्छ । बाबरको एसिया कप सम्झन लायक छैन । मोहम्मद रिजवान र बाबरको प्रदर्शनमा पाकिस्तानको ब्याटिङ धेरैनिर्भर रहनेछ । इफ्तिखार अहमदको स्थानमा हैदर अलीलाई मौका दिनसक्छ । युवा ब्याटर हैदर अली राम्रो क्षमता भएका खेलाडी हुन् । तर एसिया कपमा भने एक खेलमा पनि मौका पाएका छैनन् । हैदर फाइनलमा नायक सरप्राइज प्याकेज बन्न सक्छन् ।

आसिफ अली र खुशदिल शाह पाकिस्तानका हिटर हुन् । यी दुई हिटरबाट उत्कृष्ट अन्त्य चाहन्छ । साबद खान र मोहम्मद नवाज प्रमुख स्पिनर हुन् । यी दुबै खेलाडी ब्याटिङ पनि राम्रो गर्ने गर्दछन् । पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण उत्कृष्ट छ । नसिम शाह, मोहम्मद हसनैन र हरिस रौफ पाकिस्तानका तीव्र गतिका बलिङ हतियार हुनेछन् ।

यस्तो छ उपाधि इतिहास

श्रीलंकाले हालसम्म पाँच पटक एसिया कपको उपाधि जितेको छ । श्रीलंकाले पहिलो पटक सन् १९८६ मा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो । १९९७ मा भारतलाई फाइनलमा ८ विकेटले हराउँदै जितेको थियो । २००४ र २००८ मा भारतलाई नै लगातार हराउँदै उपाधि जितेको थियो । पछिल्लो पटक २०१४ को एसिया कपमा पाकिस्तानलाई नै ५ विकेटले हराउँदै उपाधि जितेको थियो ।

पाकिस्तान तेस्रो पटक उपाधि जित्न चाहन्छ । पाकिस्तानले २०१२ मा बंगलादेशलाई फाइनलमा दुई रनले हराएको थियो । त्यसअघि पाकिस्तानले २००० मा श्रीलंकालाई ३९ रनले हराउँदै एसिया कप जितेको थियो ।

टसमा निर्भर

तर फाइनलमा टसले धेरै निर्भर पार्ने देखिन्छ । युएईमा टस निर्णायक बन्दै आएको छ । सुपर फोरका ६ मध्य ५ खेलमा टस हारेर पहिला ब्याटिङ गर्ने टोली पराजित भएका छन् । विजयी लक्ष्य पछ्याउने टोली नै हाबी भएका छन् । सुपर फोरमा पहिला ब्याटिङ गर्दै भारतले विराट कोहलीको शतकमा अफगानिस्तानविरुद्ध २ सय १२ रन बनाएको थियो ।

भारतले अफगानिस्तानलाई १ सय १ रनले हराएको थियो । टस हारेर पहिला ब्याटिङ गर्ने टोली सुपर फोरमा विजयी भएको यो मात्र खेल हो । समूह चरणका ६ मध्य चार खेलमा लक्ष्य पछ्याउँदा टोली विजयी भएका थिए । पहिला ब्याटिङ गरेर हङकङविरुद्ध भारत र पाकिस्तान विजयी भएका थिए । उपाधिको प्रमुख दाबेदार भारत पाकिस्तान र श्रीलंकासँग सुपर फोरमा टस हार्दै पहिला ब्याटिङ गर्यो ।

पाकिस्तानविरुद्ध भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन बनाएपनि पाँच विकेट पराजित भयो । उक्त लक्ष्य पाकिस्तानले एक बल अगाडि पूरा गरेको थियो । समूह चरणमा भने पाकिस्तान भारतसँग पहिला ब्याटिङ गर्दै पराजित भएको थियो । श्रलंकाविरुद्ध पनि टस हार्दै पहिला ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै १ सय ७३ रन बनाएपनि एक बल अगाडिनै पराजित भयो ।

उता अफगानिस्तानले श्रीलंकाविरुद्ध पहिला ब्याटिङ गर्दै १ सय ७६ रन बनाएपनि बचाउन सकेन । समूह चरणमा श्रीलंका पहिला ब्याटिङ गर्दै अफगानिस्तानसँग १ सय ५ रनमा अल आउट भएको थियो । सुपर फोरमै पाकिस्तान श्रीलंकाविरुद्ध पहिला ब्याटिङ गर्दै १ सय २१ रनमा अल आउट भएको थियो ।

त्यसैले आइतबार टस च्याम्पियन बन्न निर्णायक बन्ने देखिन्छ । समूह चरणमा बंगलादेशले प्रस्तुत गरेको १ सय ८४ रनको लक्ष्य चार बल अगाडिनै पूरा गरेको थियो । पाकिस्तान समूह चरणमा भारतसँग पहिला ब्याटिङ गर्दै पराजित भएको थियो ।

गतवर्ष टि२० विश्वकप युएईमानै भएको छ । सेमिफाइनल र फाइनल दुबैमा विजयी लक्ष्य पछ्याउने टोली विजयी भएका थिए । इंग्ल्यान्ड न्युजिल्यान्डसँग ५ विकेटले स्तब्ध भएको थियो । पाकिस्तान सेमिफाइनलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो ।

फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले हराएको थियो । गतवर्ष आइपिएलमा पनि टस जित्ने टोलीनै हाबी भएका थिए । टस जित्ने टोलीले पहिला फिल्डिङ गर्दै लक्ष्य पछ्याउन खोज्नेछन् । दोस्रो इनिङमा ब्याटिङ गर्नेलाई धेरै फाइदा मिल्ने देखिन्छ ।

हेड टु हेड

पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ टि२० आई खेल भएको छ । जसमा पाकिस्तान १३ र श्रीलंका ७ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच टि२० आई खेलमा श्रीलंका ४ र पाकिस्तान एक खेलमा विजयी भएका छन् । पाकिस्तानले श्रीलंकालाई पछिल्लो पटक २०१७ मा टि२० आईमा पराजित गरेको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.