default_image

2 years ago

September 11, 2022

सुदूरपश्चिमको प्रदेश एकमाथि सहज जित

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा प्रदेश एकमाथि १३ रनको सहज जित हात पारेको छ । सुदूरपश्चिमको यो जारी प्रतियोगितामा पहिलो जित हो ।


जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एकले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३१ रन बनायो । प्रदेश एकका कप्तान फिर्दोस अन्सारीले ३१ बलमा १ चौका र ३ छक्कासहित ३३ रन बनाए ।

ओपनर विधान गोश्वामी ३, अंकित सुवेदी एक, सन्दीप ढुंगना १३, मिनाश थापा डक, विवेक मेहता २ र समिर कार्की ७ रनमा आउट भए । तल्लोक्रमका दीपेश कंडेलले ३१ बलमा २ चौका र १ छक्कासहित ३४ रनमा अविजित रहे ।

सोनु मण्डल १४ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा अविजित रहे । आठौं विकेटका लागि सोनु र दीपेशले ५४ रनको साझेदारी गरेका थिए ।

सुदूरपश्चिमका स्पिनर मिलन बोहराले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । हेमन्त धामी, नरेन्द्र साउद, शेर मल्ल र लोकेन्द्र चन्दले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । सुदूरपश्चिमका वसन्त खत्रीले ४१ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ५३ रनको योगदान दिए । मिलन बोहराले ३० बलमा ४ चौका र ३ छक्कासहित ४४ रनमा आउट भए ।

सुदूरपश्चिमको सुरुवात भने राम्रो हुन सकेन । ओपनर तथा राजु रिजाल र दिल बोहरा दुबै शून्यमा आउट भए । खडक बोहरा ५ र बसन्त कार्की ४ रनमा आउट भएका थिए ।

एक समय ४–१५ को खराब अवस्थामा पुगेको सुदूरपश्चिमलाई पाँचौं विकेटका लागि वसन्त खत्री र मिलन बोहराले १ सय रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट पूनरागन गराएका थिए । लोकेन्द्र चन्दले ११ बलमा २ चौका र १ छक्कासहित २४ रनमा आउट भए । नारायण जोशी २ रनमा अविजित रहे ।

प्रदेश १ का दीपेश कंडेलले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । कप्तान फिर्दोस अन्सारीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । कमल खत्रीले एक विकेट लिए ।

सुदूरपश्चिम पहिलो खेलमा एनआरएनएसँग १२ रनले पराजित भएको थियो । बागमतीसँग भने सुदूरपश्चिमले अंक बाँडेको थियो । सुदूरले अव भदौ २८ मा मुलपानीमा एपिएफसँग खेल्नेछ ।

प्रदेश १ ले पहिलो खेल बागमतीसँग वर्षाको कारण अंक बाँडेको थियो । प्रदेश १ ले एपिएफसँग पनि वर्षाको कारण बाँडेको थियो । प्रदेश १ ले सोमबार एनआरएनसँग खेल्नेछ ।

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.