default_image

3 years ago

September 11, 2022

अमेरिका र पपुवा न्युगिनबीचको खेल टाई

216 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप लिग–२ मा अमेरिका र पपुवा न्युगिनीबीचको खेल टाई भएको छ । जितको लागि २ सय ६ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी ४९.५ ओभरमा २ सय ५ रनमै अल आउट भएपछि खेल टाई भएको हो ।


जितको लागि अन्तिम ६ बलमा पपुवा न्युगिनीलाई तीन रन चाहिँएपनि बनाउन नसकेपछि टाई भएको हो । हातमा दुई विकेट हुँदा पनि खेल गुमाएको हो । नाशुतोष केन्जिगेले पहिलो बलमै चाद सोपरलाई आउट गरे ।

त्यसपछि थप दुई बलमा एक एक रन खर्चिए । चौथो बल डट राखे । पाँचौं बलमा सिमो किमालाई आउट गर्दै खेल टाई गरे ।

पपुवा न्युगिनीका सेसे बाउले ९६ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ७० रनको योगदान दिए । असाद भालाले ५२ बलमा ३ चौका र १ छक्कासहित ४० रनमा आउट भए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । अमेरिकाका सौरभ नेत्रवालकर, नाषुतोश केन्जिगे र स्टिभ टेलरले दुई दुई विकेट लिए ।

त्यसअघि पपुवा न्युगिनीले घरेलु मैदानमा टस जितेर अमिनी पार्कमा अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो । अमेरिका ४७ ओभरमा २ सय ५ रनमा अल आउट भयो ।

अमेरिकाका गजानन्द सिंहले ९० बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाए । जसकरण मल्होत्राले ४४ बलमा ८ चौका र १ छक्कासहित ५३ रन बनाए । अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

पपुवा न्युगिनीका सिमो किमाले ७ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । चाद सोपर र दामिनी राभुले दुई दुई विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.