3 years ago
September 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको समूह ए को खेलमा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई सामान्य लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निम्तो पाएको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४ रन जोड्यो । औसत सुरुवात गरेको मधेशले पाँचौ ओभरमा २६ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । १७ बलमा ३ चौकाको सहयोगमा २१ रन जोड्दै सन्तोष कार्की आउट हुन पुगे । सुशन भारीको बलमा मिड अनको माथिबाट सट प्रहार गर्न खोजेको उनलाई साहब आलमले उत्कृष्ट क्याच गर्दै पेभेलियन फर्काएका थिए ।
त्यसपछि लगातार विकेट खस्दा कुनै समय मधेशको इनिङ सम्हलिएन । पहिलो विकेट गुमेको दुई बल पछि नै अर्का ओपनर हरिशंकर शाह १३ बलमा ३ रन जोड्दै रनआउट भए । सातौं ओभरमा अरनिको यादव २ रन जोड्दै सुशनकै बलमा मिड अनमा क्याच आउट भए ।
विशाल सुस्लिङ र कप्तान हसिम अन्सारीले इनिङ सम्हाल्ने प्रयास गरेपनि रन लिने क्रममा समन्वय नहुँदा विशाल रनआउटको शिकार बने । दोस्रो रन कुद्ने प्रयासमा विशाल १० रनमै पेभेलियन फर्किए । १४ औं ओभरमा मोहमद आदील आलम आउट भए । सोमपाल कामीलाई चौका प्रहार गरेपछि अर्को बलमा लामो सट प्रहार गर्ने धुनमा उनी डिप मिडविकेटमा समातिए ।
कप्तान हसिम अन्सारी ३४ बलमा २० रन जोड्दै हरि चौहानको बलमा आउट भए । डिप कभरमा कुशल मल्लले बाउन्ड्रीमा उत्कृष्ट क्याच गरेका थिए । उनले बाउन्ड्रीको ठिक अघि उफ्रेर समाएको बलमा शरीर नियन्त्रण गर्न नसक्दा पुन बललाई हावामा फाले । त्यसपछि आफू बाउन्ड्रीबाहिर पुगेर पुन: भित्र पस्दै बल समाएका थिए ।
नसरुद्दीन अन्सारी १६ बलमा १२ रन जोड्दै सोमपालको बलमा मिड अफमा समातिए । रोहन विक १४ बलमा २ चौकासहित १७ रनमा नट आउट रहे । रुपेश सिंहले आफूले सामना गरेको एकमात्र तथा इनिङको अन्तिम बलमा छक्का प्रहार गरे ।
आर्मीका लागि सुशन भारी र सोमपाल कामीले २-२ तथा हरि चौहानले १ विकेट लिए । मधेशले २ विकेट रनआउटमा गुमाएको थियो । स्पिनरमा सुशनले ४ ओभरमा ११ रन तथा साहब आलमले ४ ओभरमा मात्र १५ रन खर्चेका थिए ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]