default_image

2 years ago

September 12, 2022

कुशलको विष्फोटक अर्धशतक

214 views

0 Bookmark

काठमाडौैं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका ओपनर कुशल भुर्तेलले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध विष्फोटक अर्धशतक हानेका छन् ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले ७ ओभरमा कुनै विकेट नगुमाई ७७ रन बनाएको छ । ओपनर कुशल भुर्तेल २६ बलमा ६ चौका र ४ छक्कासहित ५८ रनमा अविजित छन् । भुर्तेलले सातौं ओभरको पहिलो बलमा तीव्र गतिका बलर नर सार्कीलाई चौका हान्दै २३ बलमा अर्धशतक हानेका थिए । सुनिल धमला १६ बलमा २ चौकासहित १७ रनमा अविजित छन् ।

पहिलो खेलमा कर्णालीविरुद्ध कुशल ४० बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे । कर्णालीविरुद्ध धमलाले आक्रामक ब्याटिङ गदै २४ बलमा ४४ रन जोडेका थिए । यस खेलमा धमला संयमित हुँदा कुशलले आक्रामक सुरुवात गरेका छन् ।

कुशलले पाँचौं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा कप्तान कृष्ण कार्कीलाई लगातार तीन चौका हानेका थिए । त्यसअघिको ओभरमा बसिर अहमदलाई दुई छक्का र एक चौका हानेका थिए । आजको खेलमा पुलिसले मञ्जित श्रेष्ठलाई बेन्चमा राखेको छ । मञ्जित राष्ट्रिय प्रतियोगितामा पहिलो पटक बेन्चमा बसेका हुन् । दीपेन्द्रसिंह ऐरीले पहिलो पटक पुलिसको कप्तानी गरेका छन् ।

May 15, 2024

लखनऊ विरुद्ध दिल्लीको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । […]

May 14, 2024

दीपेन्द्रको विष्फोटक ब्याटिङमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको विष्फोटक फिनिसको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ […]

May 14, 2024

नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएपछि नेपालले १ सय ९७ रनको लक्ष्य पाएको हो । नेपालको विश्वकप […]

Success

Thank you for your time.