default_image

2 years ago

September 12, 2022

कुशल र आरिफको विष्फोटक ब्याटिङमा लुम्बिनीलाई विशाल लक्ष्य

117 views

0 Bookmark

काठमाडौैं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल र आरिफ शेखको विष्फोटक ब्याटिङमा नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई २ सय ५ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रन बनायो । पुलिसका ओपनर कुशल भुर्तेल ३६ बलमा ७ चौका र ५ छक्कासहित ७५ रनको विष्फोटक इनिङ खेले ।

आरिफ शेख २२ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा अविजित रहे । आरिफले अन्तिम बलमा दुई रन लिँदै अर्धशतक हानेका थिए । आरिफले २२ बलमा र कुशलले २३ बलमा अर्धशतक हानेका थिए ।

कुशल स्पिनर बसिर अहमदको दशौं ओभरको पाँचौं बलमा एलबीडब्लू आउट भएपछि शतक बनाउन २५ रनले चुकेका थिए । जुन समय पुलिसले १ विकेट गुमाउँदै ९७ रन बनाई सकेको थियो ।

अर्का ओपनर सुनिल धमला १३ औं ओभरको पाँचौं बलमा एज लागेर ३५ रनमा कृष्ण कार्कीबाट क्याच आउट भए । धमलाले ३१ बलमा ३ चौका र १ छक्का ३५ रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी स्पिनर अनिल खरेलको १४ औं ओभरको अन्तिम बलमा ३ रनमा विकेटकिपर प्रज्वल थापाबाट क्याच भए ।

दीलिप नाथ २७ बलमा २ चौका र १ छक्कासहित ३३ रनमा आउट भए । लुम्बिनीका बसिर अहमद, अनिल खरेल, दीपेन्द्र रावत र विशाल विक्रम केसीले एक एक विकेट लिए ।

आजको खेलमा पुलिसले मञ्जित श्रेष्ठलाई बेन्चमा राखेको छ । मञ्जित राष्ट्रिय प्रतियोगितामा पहिलो पटक बेन्चमा बसेका हुन् । दीपेन्द्रसिंह ऐरीले पहिलो पटक पुलिसको कप्तानी गरेका छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.