default_image

2 years ago

September 14, 2022

विवाद र अपारदर्शीतामा जेलिएको नेपाल टि२० लिग

भुपेन्द्र जिसी, काठमाडौं टि२० फ्रेन्चाइज लिगमा खेलाडी अनुबन्ध अक्सन वा ड्राफ्टमार्फत हुने गर्दछ । अक्सनमा न्यूनतम मूल्यदेखि खेलाडीमा बोल कबोल सुरु हुन्छ भने ड्राफ्टमा खेलाडी छनोट अनुसार निश्चित मूल्य तोकिएको हुन्छ । तर दुवै शैलीमा लिगहरुले खेलाडी छनोट प्रक्रिया पारदर्शी रुपमा गर्छन् । आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिगको ड्राफ्ट […]

99 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

टि२० फ्रेन्चाइज लिगमा खेलाडी अनुबन्ध अक्सन वा ड्राफ्टमार्फत हुने गर्दछ । अक्सनमा न्यूनतम मूल्यदेखि खेलाडीमा बोल कबोल सुरु हुन्छ भने ड्राफ्टमा खेलाडी छनोट अनुसार निश्चित मूल्य तोकिएको हुन्छ । तर दुवै शैलीमा लिगहरुले खेलाडी छनोट प्रक्रिया पारदर्शी रुपमा गर्छन् ।

आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिगको ड्राफ्ट सम्पन्न भयो । क्यानको अधिकारिक फ्रेन्चाइज लिगको रुपमा पहिलो पटक हुन लागेको नेपाल टि२० लिगको ड्राफ्ट गुपचुप नै भयो । ड्राफ्टको सम्पूर्ण प्रक्रिया सकिएपछि मात्र सार्वजनिक रुपमा खेलाडी सूची सार्वजनिक भयो ।

त्यसो त शनिबार सुरु भएको ड्राफ्ट प्रक्रिया अनेक विवादका कारण निकै ढिलो सुरु भयो । शनिबार ए ग्रेडका १-१ खेलाडी छनोट गरेर आइतबारका लागि स्थगित भयो । आइतबार विहान ९ बजे सुरु हुने भनेपनि प्रक्रियाबारे टोलीहरु नै दुविधामा हुँदा दिउँसो मात्र ड्राफ्ट सुरु भएको थियो । आयोजकले ड्राफ्टबारे नियम नै प्रष्ट पार्न नसकेको कारण प्रक्रियामा ढिलाई भएको थियो ।

नेपाल टि२० लिगले मिडियालाई प्रत्यक्ष स्थलमा पुगेर समाचार संकलन गर्नबाट रोक लगायो । टेलिभिजन लाइभ त धेरै टाढाको कुरा हो क्यानले सामाजिक संजालमा सामान्य अपडेट समेत दिन सकेन । क्यानले अघिल्लो दिन नेपाल टि२० लिगको एक प्रायोजक र ए श्रेणी खेलाडीबारे अपडेट दिएको छ । तर त्यसपछि खेलाडी ड्राफ्ट र नेपाल टि२० लिगबारे कुनै अपडेट छैन ।

क्यानका कार्यवाहक सचिव तथा नेपाल टि२० लिग गर्भनिङ काउन्सिलका अध्यक्ष प्रशान्त विक्रम मल्लले ड्राफ्टमा विवाद हुनसक्ने भएकोले मिडियालाई रोक लगाएको बताए । ‘यो एउटा प्रक्रिया हो । ड्राफ्टहरु संसारमा त्यसो हुने रहेछ । लाइभको व्यवस्था भएन । यो एउटा निती हो । ड्राफ्टको दिनभर लामो प्रक्रिया हुन्छ’, मल्लले भने ।

मल्लले भने जस्तै ड्राफ्ट दिनभर हुने भने होईन । राम्रो तयारी हुने हो भने २-३ घण्टामा सम्पन्न हुन्छ । सिपिएल र पिएसएल जस्ता विश्व प्रसिद्ध लिगका ड्राफ्ट ३-४ घण्टामा सम्पन्न हुँदै आएका छन् । ड्राफ्ट सम्पन्न भएपछि आइतबार राती मात्र क्यानले संचार माध्यमलाई सूची इमेल गरेको थियो ।

नेपालको आफ्नै टि२० लिग हुँदा धेरैको मनमा कौतुहलता हुन्छ । स्वयं खेलाडीले पनि आफू अनुबन्ध भएको वा नभएको थाहा पाउन सकेनन् ।

क्यान र सेभेन थ्रि स्पोर्ट्सले मिडियालाई नै रोक लगाएर ड्राफ्ट गुपचुप सम्पन्न गर्न खोज्नुले गल्ती लुकाउन खोजिएको आशंका रहेको छ । यसको जवाफ दिँदै मल्लले भने, ‘ड्राफ्ट भित्र कति विवाद भएको हुन्छ । के-के भइरहेको हुन्छ । ड्राफ्टमा धेरै कुरामा विवाद हुन्छ । त्यसैले गर्दा हामीले मिडियालाई एकै पटक अन्तिम सूची दिएका हौं ।’

मिडिया अनि ड्राफ्ट प्रक्रियामा उपस्थित हुँदा खेलाडी अनुबन्धनबारे गोप्यता नहुने मल्लले जवाफ दिए । तर खेलाडीको नाम सार्वजनिक गर्दा गोपनियता नहुने भन्ने हुँदैन । संसारमा ठूलो फ्रेन्चाइज लिग आइपिएल, बिपिएल, सिपिएलले गोपनिएता नहुने भए प्रत्यक्ष प्रसारणमा किन गर्थे ? यी त सबै वहाना मात्रै हुन् ।

गर्भनिङ काउन्सिलले आफ्नो कमजोरी र विवाद लुकाउन मिडियासँग टाढा रहन यो नै राम्रो माध्यम ठान्यो । ‘सबै कुरा तुरुन्त बाहिर आउँछ । मिडियालाई त्यसैले एकै पटक दियौं’, मल्लले भने । मिडियालाई रोक्नुमा क्यान र सेभेन थ्रीको नियतमा प्रश्न उठ्छ । त्यसै पनि सेभेन थ्री स्पोर्ट्सको क्रिकेटमा अस्तित्व खुलेको छैन । पहिलो प्रतियोगितामै अपारदर्शी हुँदा कार्यशैलीमा शंका उब्जने ठाउँ भने रहन्छ ।

विश्वमा भएका कुनैपनि ड्राफ्टमा विवाद हुँदैन । किनभने ड्राफ्टअघि तयारी र योजना उत्कृष्ट हुन्छ । अन्य खेलमा कतिपय ठूला लिगले मुख्य प्रयोगमा समस्या नओस् भनेर तयारीमा ‘मक् ड्राफ्ट’ नै पनि गर्छन् । तर नेपाल टि२० लिगलाई लिएर क्यानको तयारी सुस्त छ । ड्राफ्टको अघिल्लो दिनसम्म फ्रेन्चाइज टोलीलाई खेलाडी अनुबन्ध प्रक्रियाबारे पूर्ण जानकारी नै थिएन ।

शनिबार ड्राफ्ट हुने वा नहुनेमा क्यान पनि स्पष्ट थिएन । ड्राफ्टको मार्की खेलाडी र खेलाडी अनुबन्ध दुवै दिन धेरै विवाद भयो । मार्की खेलाडीको सल्लाहमा टिम निर्माण गर्नुपर्ने हो । तर त्यसो हुन सकेन । सेभेन थ्रि र क्यानबीच राम्रोसँग सहकार्य र समन्वय भएको देखिदैन ।

त्यसो त प्रतियोगिता वरपर रहेका अन्य विषय पनि विवादरहित हुन सकेको छैन । गत विहीबार विश्वकै चर्चित तीव्र गतिका बलर ब्रेट ली नेपाल आए । कार्यक्रम हुने दिनसम्म गोप्य राख्ने भन्दै मिडियालाई त्रिभुवन विमानस्थल आउनेबारे जानकारी नै दिएन । क्यानका जनरल म्यानेजर वृतान्त खनालले उनीसँगको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरे । बिहीबार नै राती क्यानका पदाधिकारी, कर्माचारी र फ्रेन्चाइज टोलीहरुले ब्रेट लीसँगको फोटो सामाजिक सञ्जालमा राखे । सायद मिडिया भन्दा पहिला आफूहरुले सामाजिक सञ्जालमा राख्नु नै क्यानको लागि गोपनियता हुनसक्छ ।

शुक्रबार एक होटलमा सानो कार्यक्रम गराएर ब्रेट लीलाई नेपाल टि२० लिगको मेन्टरमा नियक्त गर्यो । वास्तवमा ब्रेट ली भारतमा भएको रोड सेफ्टी वल्र्ड सिरिज र लेजेन्ड्स लिग खेल्न जादा बाटो परेको हुँदा नेपाल छिरेका थिए । अब उनी नेपाल आउने छैनन् । उनले अनलाइन मार्फत नै खेलाडी र प्रशिक्षकलाई सिकाउने बताएका छन् । ब्रेट लीलाई होटलमा कार्यक्रम गर्नुभन्दा टियुमा गरेको भए धेरै लाभ लिन सक्थ्यो । विगतमा सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी आउँदाको कार्यक्रम र त्यसको प्रभाव पनि उदाहरण बन्न सक्छ ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता काठमाडौंमा जारी छ । सबै प्रदेश र विभागीय टोलीका तीव्र गतिका बलरलाई बोलाएर एक सेसन टियुमा चलाएको भए सायद नेपाली क्रिकेटले केहि लाभ लिन सक्थ्यो । महान् खेलाडीको एक मिनेटको सल्लाहले एउटा युवा खेलाडीको करिअर टर्निङ प्वाइन्ट बन्न सक्छ ।

अर्को तर्फ टियु मैदानमा ब्रेट लीको आगमन हुँदा नेपाली समर्थकले पनि उनलाई हेर्ने अवसर पाउँथें । नवौं राष्ट्रिय खेलकुदको पनि केही चर्चा बढ्ने थियो । लीले थोरै नै भएपनि नेपाली क्रिकेटको क्रेज टियुमा प्रत्यक्ष देख्न पाउँथे । जसको चर्चा थप विश्वमा हुन सक्थ्यो ।

सेभेन थ्री का अध्यक्ष जतिन आलुबालियाले शुक्रबार ब्रेट लीको विषयमा मिडियालाई थाहा नदिनुमा आफूहरुको गल्ती भएको बताएका थिए । ‘यसमा लुकाउनु पर्ने केहि थिएन । हामीलाई के कसरी गर्ने अलिकति जानकारी पनि भएन । हामी नयाँ पनि भयौं । यसमा हामी चुकेका नै थियौं । शुक्रबार हामी सार्वजनिक गर्ने कार्यक्रम थियो । उनलाई गोप्य राख्न पर्ने त्यस्तो केहि थिएन’, जतिनले भने ।

उता क्यानले जनरल म्यानेजर खनालले पत्रकारको प्रश्नमा सेभेन थ्री को कार्यक्रम हुँदा थाहा नदिएको जनाएका थिए । यसले तर जतिनले यसमा असहमति जनाए । यसले पनि क्यान र सेभेन थ्रीबीचको समन्वयको कमी देख्न सकिन्छ ।

खुल्ला प्रतिस्पर्धा विना सेभेन थ्रीलाई नेपाल टि२० लिगको जिम्मा दिएको भन्दै क्यानको चर्को आलोचना भइरहेको छ । क्यानले रणनीतिक र कर्मसियल साझेदारको रुपमा सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टि२० को अधिकार ८ वर्षको लागि ३३ करोडमा बेचेको थियो । तर प्रतियोगिताको हालसम्मको गतिविधिमा सेभेन थ्री हावी हुँदा थालेको छ । क्यानका शीर्ष पदाधिकारी र कर्मचारी नै आफूलाई नेपाल टि२० बारे खासै जानकारी नभएको भन्दै पन्छिन थालेका छन् । यो पक्कै नेपाली क्रिकेटका लागि राम्रो कुरा होईन ।

खुल्ला प्रतिस्पर्धाविना सेभेन थ्री स्पोर्ट्सलाई सम्झौता दिएको भन्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) का संस्थापक अध्यक्ष आमिर अख्तरले सर्वोच्चमा मुद्दा दायर गरेका छन् । उक्त मुद्दाको फैसला अझै हुन सकेको छैन ।

नेपाल टि२० लिगमा सहभागीमध्य एक टोली कान्तिपुर मिडिया समूहको टोली छ । पछिल्लो अक्सनमा काठमाडौं गुर्खाज नाम रहेको टोलीको क्यानले दिएको अधिकारिक जानकारीमा ३ पटक फरक नाम आएको छ । त्यसो त ड्राफ्टको केही दिन अघि मात्र दुई टोली छिनोफानो हुनुले लिगको तयारी कस्तो छ भन्ने आंकलन गर्न सकिन्छ ।

यसअघिका सबै फ्रेन्चाइज लिगमा ट्यालेन्ट हन्ट मार्फत युवा खेलाडी अनुबन्ध गर्नै पर्ने नियम थियो । यस्ता लिगका ट्यालेन्ट हन्टमार्फत नेपाली क्रिकेटमा थुप्रै खेलाडी आएका छन् । तर नेपाल टि२० मा भने ट्यालेन्ट हन्टबाट खेलाडी राखिने छैन । यसैपनि ग्रासरुट कमजोर अवस्था रहेकोमा अधिकारिक लिगले नै युवा खेलाडीलाई प्रश्रय नदिँदा क्रिकेट विकासमा प्रश्नचिन्ह भने खडा हुन्छ ।

तोकिएको मिति अनुसार नेपाल टि२० लिग सुरु हुन दुई साता बाँकी छ । खेलाडी ड्राफ्ट प्रक्रिया बल्ल सकिएको छ । तयारी कस्तो छ भन्न यही पर्याप्त छ । विदेशी खेलाडी अनुबन्ध भएसँगै कागजी प्रक्रिया के कस्तो हुने टोलीहरुलाई कम जानकारी छ । नेपालीको महान् चाड दशैंको मुखमा विदेशी खेलाडीको कागजपत्रबारे काम कसरि अघि बढ्छ हेर्न बाँकी नै छ ।

क्यानले नेपाल टि२० लाई अहिले सम्मकै उत्कृष्ट प्रतियोगिता गर्ने दावी गरेको छ । तर सुरुवातले भने प्रतियोगिता दावी गरेभन्दा विपरित दिशातर्फ लागेको अनुभूति हुन्छ । यसैपनि लगातार प्रश्न उठिरहेको लिगमा एकपछि अर्को अपारदर्शी गतिविधि गर्दा लिगमाथिको विश्वसनीयता झनै घट्छ । आइसीसीको मान्यता प्राप्त प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्ने हो भने सहभागी टिम, क्यान र सेभेन थ्री सपोर्ट्सले बेलैमै ध्यान पुर्याउनु पर्छ ।

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

March 28, 2024

रनको वर्षा भएको खेलमा हैदराबादद्वारा मुम्बई पराजित

एजेन्सी – कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ […]

March 27, 2024

चेन्नाईको लगातार दोस्रो जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणमा साविक विजेता चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा चेन्नाईले गुजरात टाईटन्स माथि ६३ रनको फराकिलो जित दर्ता गरेको हो । २०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो […]

Success

Thank you for your time.