default_image

2 years ago

September 12, 2022

ओलीको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डलाई सिरिज

110 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर ओली रोविन्सनको उत्कृष्ट बलिङमा इंग्ल्यान्डले तेस्रो टेस्ट खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै सिरिज जितेको छ । घरेलु टोली इंग्ल्यान्डले पहिलो खेल गुमाएपनि त्यसपछि लगतार दुई खेल जित्दै सिरिज २-१ ले जितेको हो ।

जितको लागि १ सय ३० रनको सामान्य लक्ष्य पाएको इंग्ल्यान्डले २२.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डका ओपनर ज्याक क्रली ५७ बलमा १२ चौकासहित ६९ रनमा अविजित रहे । एलेक्स लेक्स ७३ बलमा ४ चौका ३९ रनमा आउट भए । ओली पोप ११ रनमा अविजित रहे ।

दक्षिण अफ्रिका दोस्रो इनिङमा १ सय ६९ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका ओपनर डिएन एल्गर ५९ बलमा ६ चौकासहित सर्वाधिक ३६ रनमा आउट भए । सारेल एर्वी २६, किगन पिटरसन २३, वियान मुल्डर १४ र केशव महाराज १८ रनमा आउट भए । इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र बेन स्टोक्स तीन तीन विकेट लिए । जेम्श एन्डरसन र ओली रोविन्सनले दुई दुई विकेट लिए ।

इंग्ल्यान्ड पहिलो इनिङमा १ सय ५८ रनमा अल आउट हुँदै ४० रनको अग्रता लिएको थियो । इंग्ल्यान्डका ओली पोपले ७७ बलमा १३ चौकासहित सर्वाधिक ६७ रन बनाए । जो रुट २३, बेन स्टोक्स १४ र ह्यारी ब्रुक्सले १२ रन बनाए । दक्षिण अफ्रिकाका मार्को यानसनले सर्वाधिक पाँच विकेट लिए । कागिसो रबाडाले चार विकेट लिए ।

त्यसअघि दक्षिण अफ्रिकाले द ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिका ३६.२ ओभरमा १ सय १८ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका मार्को यानसनले ५९ बलमा ४ चौकासहिन सर्वाधिक ३० रनमा आउट भए । अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

इंग्ल्यान्डका ओली रोविन्सनले १४ ओभरमा ३ मेडनसहित ४९ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । स्टुअर्ट ब्रोडले चार र जेम्स एन्डरसनले एक विकेट लिए ।

ओली रोविन्सन खेलको प्लेपर अफ द म्याच चुनिए । कप्तान बेन स्टोक्स प्लेयर अफ द सिरिज चुनिए । इंग्ल्यान्ड पहिलो टेस्टमा १२ रनको इनिङ अन्तरले पराजित भएको थियो । दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ८५ रनको इनिङ अन्तरले पराजित गरेको थियो ।

इंग्ल्यान्ड अव ७ टि२० आई खेलको सिरिज खेल्न पाकिस्तान भ्रमण गर्नेछ । पाकिस्तान र इंग्ल्यान्डबीचको पहिलो टि२० आई खेल २० सेप्टेम्बरमा हुनेछ । इंग्ल्यान्डले भारत भ्रमण गर्नेछ । तीन टि२० आई सिरिज अन्तर्गत पहिलो खेल २८ सेप्टेम्बरदेखि सुरुहुनेछ । भारत र दक्षिण अफ्रिकाबीच तीन ओडिआई खेलको सिरिज पनि हुनेछ ।

May 15, 2024

निलम्बन फुकुवासँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुल्यो!

काठमाडौं (हाम्रो खेलकुद)- स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो। आईसीसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए।उच्च अदालत […]

May 15, 2024

क्रिकेटर सन्दीपले‌ सफाइ पाए

काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेटर सन्दीप लामिछानेले बुधबार बलात्कार मुद्दामा सफाइ पाएका छन्‌। काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले ले उच्च अदालत, पाटनबाट सफाइ पाएका हुन्। उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले यो निर्णय गरेको हो।मंगलबार र बुधबार लगातार भएको सुनुवाइपछि उच्च अदालतको यो निर्णय आएको हो। जिल्ला अदालतको […]

May 15, 2024

बागमतीको पहिलो जित 

काठमाडौँ (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा जारी ललितपुर मेयर्स कपमा बागमती प्रदेशले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बागमतीले वर्षाले प्रभावित खेलमा जितविहिन कोशी प्रदेशलाई ८ विकेटले हराएको हो । ढिलो सुरुवात भएका कारण १३ ओभरमा घटाइएको खेलमा बागमतीले कोशीले पस्किएको ६४ रनको लक्ष्य ११.२ ओभरमा २ विकेट गुमाएर […]

Success

Thank you for your time.